सुरु भयो तिहार

२०७१ कार्तिक ४ गते, मंगलवार


काठमाडौं, ४ कात्तिक ।आजदेखि तिहार सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाईंदैछ । कात्तिककृष्ण चतुर्दशीका दिन बुधबार कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन बिहिबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने विश्वासमा यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन मंगलबार कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ ।

प्रतिक्रियाहरु