मोदीको नेपाल भ्रमण र नेपाली राष्ट्रियता – ओम प्रकाश पुन

२०७१ श्रावण २४ गते, शनिबार


प्रारम्भ
भारतीय प्रधान मन्त्रि नरेन्द्र मोदीको बहुप्रतिक्षित नेपाल भ्रमण भरखर सम्पन्न भएको छ । मोदी नेपालको दुइ दिने राजकिय भ्रमण सकि यहि श्रावण १९ गते स्वदेश फर्किएका छन् । भारतिय प्रधान मन्त्रिको यो नेपाल भ्रमन १७ बर्षपछिको भएकोले पनि यसलाई सबैले चासोका रुपमा हेरेका थिए । त्यसमा पनि मोदी भातमा गुजरातको मुख्य मन्त्रि भएको बेला लोकपिृय बिकासे नेताको रुपमा चिनियका, हिन्दु धार्मिक नेताका रुपमा प्रचारित भएका र भरखर मात्र चुनाबमा लोकपिृय मत ल्याई प्रधान मन्त्रिमा निर्बाचित भए लगत्तै छिमेकि राष्ट्रको भ्रमणमा निक्लिएका कारण उनको भ्रमणलाई महत्वका साथ हेरिनु स्वभाबिक नै थियो । उत्तर, दक्षिण र पश्चिमको रणनैतिक महत्वको ट्रान्जिट प्वाइन्टको रुपमा हेरिएको नेपालको मोदी भ्रमनलाई बिस्वले नै उत्सुकता पूबक हेरेको थियो । बिस्व राजनितिक परिबेश साम्राज्यबादी सक्ति संतुलन तर्फजाँदै गरेको र दक्षिण एशियाको क्षेत्रिय राजनितिमा भारतको भुमिका बिस्तारबादी शक्तिको रुपमा अगाडि आएको अबस्थामा नेपालको मोदी भ्रमण रणनैतिक महत्वको नै थियो । यो कुरालाई नेपालका दलाल शासकहरुले बिसुद्ध दाता आगमनको रुपमा मात्र लिनु बिडम्बना पर्ुण्ा हो । नेपालका दलाल बर्गले नरेन्द्र मोदीको भ्रमनलाई तिन वटा अपेक्षबाट हेरेका थिए । पहिलो, सत्ताको मुलधारमा रहेका दलाल बर्गले यथास्थितिको जगमा टेकेर दलाल पुजिबादको संस्थागत बिकाश गर्न मदत माग्ने र त्यसको लागि प्रभुलाई रिझाउन राष्ट्रिय स्वाधिनतालाई नै दाउमा राख्न परे पनि पछि नपर्ने भन्ने थियो । यसमा उनिहरुले आंशिक सफलता पाएका छन् । दोश्रो,मधेशिको नामबाट सत्ताको स्वाद लिन पल्किएका दलालहरु जसले आफुलाई भारतिय प्रतिनिधिको रुपमा देखाइ स्वार्थ लिन चाहन्थे,उनिहरु थोरै निराश भए जस्ता देखिन्छन् । र तेश्रो मोदी हिन्दुबादी भएकोले पश्चगामी सनातन धर्मको नाममा गाई राष्ट्रबादलाई अघि सारी झर्रराामन्तबादलाई संस्थागत गर्न खोज्ने शक्ति पनि निरास भएका छन् । तर मोदी जुन रणनैतिक लक्षका साथ नेपाल भ्रमणमा आएका थिए, त्यसमा उनि सफल भएका छन् ।
अनुभुती
१. पहिलो दिन मोदीको स्वागमा प्रतिक्षारत हाम्रो देशका दलालहरुले सम्पुण मन्त्रालय र सदन खालि गरि सिंगो मन्त्रि परिषद र सदनलाई अन्तराष्ट्रिय बिमान स्थलमा खडा गरे । शाहिकालिन शैलिमा सुचना मन्त्रि मिनेन्द्र रिजाल सवारि मन्त्रिको रुपमा अगाडि आई मर्यादा पालकको भुमिकामा रहे । प्रधान मन्त्रि सुशिल कोईरालालाई पखेट्टामा समाएर यता न उता पारे । सुचना मन्त्रिले असंस्कृत ब्यबहार पर््रदर्शन गरे । स्वयम प्रम सुशिल कोईराला पनि मोदीले १९ तोपको सलामी खाँदा संगै लुसुक्क परि उभ्भिरहे ।
२. मोदी बिमानस्थलबाट हायात होटेल आउदा, त्यहाँबाट सिंहदरबार हुदै संबिधान सभा भबन गइ फर्किदाको समय लगाएत काठमान्डौंमा बस्दा सम्म अघोषित कर्फ्यु जस्तो लगाईयो । आकाशमा सेनाको हवाई गस्ति गरियो । तर उनि भने नेपालको सुरक्षालाई बिस्वास नगरी भारतबाटै ठुलो सुरक्षादलबल सहित आए ।
३. कथित संबिधान सभा तथा ब्यबस्थापिका सदनलाई संबोधन गर्दा मोदीले आफ्नो देशको राज्य सभालाई संबोधन गरे जसरि बोले भने हाम्रो देशका दलालहरुले हाँसो सहित टेबुल ठर्टाई ठर्टाई र्समर्थन गरे । नेपालका प्रधान मन्त्रि फ्लोरमा बसि मोदीको भाषण सुने भने मोदी राष्ट्रपतिको स्थानमा रहने कुर्सिमा बिरजमान भए । उता सिन्धु पाल्चोक अकल्पनिय पहिरोको पिडामा परि रोईरह्यो भने यता सदनमा सिंगो नेपाली जनताका कथित प्रतिनिधि हौ भन्नेहरु मोदीको ब्याङ्ग्यात्मक भाषणमा मन्त्र मुग्द भइ तालि ठोकेर हाँसिरहे ।
४.काठमान्डौमा यात्राको क्रममा बाटोमा मोदी हाई हाई गर्ने जमात पनि ठुलै देखियो जसलाई मोदीले पर्ुब राजा ज्ञानेन्द्रको शैलीमा अभिबादन गर्दै हात पनि मिलाए । दोश्रो दिनमा राष्ट्राध्यक्षको जस्तै सम्मानमा गेरु बस्त्र धारण गरि पशुपतिनाथको पुजा पाठ पनि गरे ।
५. मोदीले नेपाल बर्साईको क्रममा सरकारका प्रतिनिधि,राजनितिक दल,मधेशबादी दल र ब्यापारी हरु संग छुट्टा छुट्टै भेट बार्ता गरे । राष्ट्रपतिले आयोजना गरेको दिवाभोजमा सरिक भए । प्रधान मन्त्रिले दिएको रात्रि भोजमा सन १९५० को सन्धिलाई लिएर राजनिति नगर्न अप्रत्यक्ष धम्कि दिए ।
६. मोदीले आफ्नो नेपाली सहयोगि जित बहादुर सारु मगरलाई धर्म पुत्रको रुपमा मिडिया सामु परिवारलाई बुझाएको देखाई नेपाली -त्यसमा पनि आदिबासि/जनजाति) भाबनामा राजनिति गरे भने पशुपतिनाथमा पुजा गर्नुका साथै मन्दिरलाई आर्थिक सहयोग गरि धार्मिक सदभाब लिन खोजे ।
७. सिन्धेपाल्चोकको जुरेमा गएको पहिरो लगाएत पर्ुबका केहि जिल्लामा पहिरोका कारण महा बिपत्तिआउदा समेत नेपालका दलाल सासकहरुलाई आज सम्म पनि हृदयमा छोएको देखिएन । साहेद भारत वा अन्य कुनै देशमा यहि अबस्था आएको भए भ्रमणको ता कुरै छोडौ महत्वपुण राष्ट्रिय कामलाई समेत थाँति राखि उद्दारकार्यमा सिंगो राष्ट्र लाग्थ्यो होला तर सामाचारमा सुन्न पाईयो कि सोहि दिन घटना स्थलमा सरकारका मुख्य सचिब लिलामनि पौडेल जान खोज्दा प्रम सुशिल कोईरालाले मोदी भ्रमनको तयारीमा लाग्नुस भनि रोके । यसबाट प्रस्ट हुन्छ कि नेपालका दलालहरुलाई देश र जनताको माया भन्दा आफ्ना मालिकको सत्कार ठुलो हुदो रहेछ ।
८. मोदी सामु सत्तामा भएका दलालहरुले कुर्सि बाचाई दिने भिख मागेको, धार्मिक साम्प्रदायिकहरुले धर्म संस्कृति बाचाई दिने र मधेशिहरुले आफ्नो अनुहारको सम्मान बाचाई दिने भिख कागेको बाहेक नेपालको दर्ीघकालिन हितका बिषयमा कसैले पनि जोडदार कुरा उठाएको पाइएन । उल्टै मोदीको बिकासे भाषण र बर्ुर्जुवा संबिधानको अन्तर बस्तुमा प्रशिक्षित भै आफ्नो अलमलमा परेको दिमाक खुलेको महसुस दलालहरुले गरेको जस्तो देखियो ।
९. सदनमा मोदीले संबोधन नेपालीाबाट शुरु गरि हिन्दिमा समापन गरे । नेपालको भाषा, संस्कृति, धर्म, बिकाश, नेपाल संगको हिन्दु स्थानको प्राचिन संबन्ध, एमाओबादीलाई शस्त्रको बाटो छोडि शास्त्रको बाटो आएको र प्रचण्डलाई युद्धछोडेर बुद्धको शरणमा आएका अशोकको रुपमा चित्रण, स्वतन्त्र भारत निर्माणमा नेपाली बहादुरको अहम भुमिका, आफुलाई नेपाल सरकारले गरेको सम्मान सिंगो भारत बासिको भएको भनाई, नेपाल-भारतका मन्दिरहरुमा दुबै देशका पुजारी रहेको, नेपालको बिकाश र प्रगतिमा आफु पार्टनर बन्न खाजेको तथा नेपालको शान्ति प्रक्रिया बिश्वको उदाहरण हुने भनाई आदिले उनले नेपाली दलालहरुलाई फकाउन खोजेको आभाष प्रस्ट देखियो । जसका बिषयमा चाईना न्यूज डेली लगाएतका केहि अन्तराष्ट्रिय मिडियाले समेत टिप्पनि गरिसकेका छन् ।
मोदी मिशन
मोदीको नेपाल मिशन मुलरुपमा नेपालमा दलाल पुजिबादलाई बिस्तारबादी संघिय संरचना र सोहि अनुरुपको बिकाशे मोडेलमा लैजानु रहेको थियो र छ । त्यसको प्रस्ट संकेत सदनमा उनले गरेको संबोधनले गरिसकेको छ । सदनको उनको संबोधन बढि भाबनात्मक भएता पनि आफ्नो रणनैतिक मिशनमा दृढ थियो । उनले नेपालको बिकाशको सारलाई एउटै फर्मुला हिटमा संस्लेशन गरेका थिए । हाइवेज, आइवेज र ट्रान्सवेज अर्थात राजमार्ग, सुचना र उर्जा प्रसारणमा नेपाललाई अगाडि बढाउन चाहेको कुरा मोदीले प्राथमिकतामा राखेका थिए । रुप पक्षबाट हर्ेदा यो राम्रो कुरा हो तर यसको सार पक्ष निकै गम्भिर प्रकारको छ । जस्तो कि
१. संबोधनको क्रममा उनले भारतले र्सार्क सेटलाईट बनाउन चाहेको बताएका थिए । नेपालको सुचनाको गेटवेय भारत संग भएको चर्चा यस पर्ूब पनि नचलेको होइन र कतिपय नेपालका महत्वपर्ुण्ा सुचना भारतिय दुताबास बाट चुहिएको प्रमान पनि प्रसस्त फेला परिसकेका छन् । सगरमाथा क्षेत्रका राष्ट्रिय निकुन्जहरुमा नेपाल सरकारको जानकारिबिना जासुसि यन्त्र राडार राखेको कुरा पनि कतै बाट लुकेको छैन । तर्सथ सुचना साम्राज्यको यो युगमा मोदीले भन्न खोजेको सुचना र प्रबिधि बिकाशको कुरा नेपालको हितलाई भन्दा पनि भारत नियन्त्रित नेपाली सुचना संयन्त्र बनाउने उद्देश्यमा आधारित छ ।
२. मोदीले उठाएको हाईवेयको कुरा पनि खासमा तर्राईमा निर्माणाधिन हुलाकि राजमार्ग हो । भारतले आफ्नै देशको नेपाली सिमा संग जोडेर बनाउना लागेको पर्ुब पश्चिम राजमार्ग र नेपालको हुलाकि सडकलाई भारतले बषर्ातको पानी नेपाल तर्फनै स्टोर गरि भारतमा हुने डुबानलाई कम गर्ने तथा स्टोरेट पानीको आन्तरिक सिपासिज मार्फ आफ्नो देशको भुमिगत जलश्रोतलाई बढावा गर्ने उद्देश्य राख्दछ । त्यस्तै अन्य राजमार्गमा पनि आफ्नो पहल कदमि बढाउने र उत्तरी सिमा चिन सम्म पहुच पुगाउनुका साथै सिंगो पारबहनमा एकाधिकार जमाउन चाहन्छ ।
३. मोदीले उठाएको अर्को सबै भन्दा महत्वपर्ूण्ा सवाल उर्जा प्रसारण अर्थात जलबिधुत हो । यसमा भारतको नेपालमा बिधुत उत्पादन भन्दा पनि पानी मुख्य सरोकारको बिषय हो । भारतलाई राम्ररी थाहा छ कि बिधुत उत्पादनका बिभिन्न श्रोत छन् तर पानीको कुनै बिकल्प छैन । त्यस कारण उसले बिधुत उत्पादनको नाममा सम्पर्ूण्ा नेपालको जलश्रोत कब्जा गर्न चाहन्छ । सदनमा संबोधनको क्रममा मोदीले पहाडको पानी र पहाडको जवानी थाहै नपाई त्यसै खेर जान्छ भन्ने कुरालाई ठट्यौली पारामा प्रस्तुत गर्दै भारतले नेपालबाट बगेर खेर गएको पानीलाई उपयोग गरेको र त्यसमा नेपालले पनि फाइदा लिन सक्नु पर्ने बताएका थिए । तर नेपालका दलालहरुले भने उनको भनाइको तातर््पर्य नै नबुझी हाँसोको फोहरा सहित टेबुल ठटाएर र्समर्थन गरे । कोशि, गण्डकी र महाकाली पछि भारतले र्सबाधिक महत्व दिएर गर्न खोजेको जल तथा उर्जा संझौता भनेको कर्ण्ााली हो । जो अहिले अपर कर्ण्ााली परियोजनाको नाममा अघि सारिएको छ । यसरी भारतले आफ्नो देशमा गर्न लागेको नदी जडान परियोजनालाई सफल पार्न नेपालका सबै नदी नालामा एकाधिकार कायम गर्न चाहन्छ । मोदीले आफ्नो संबोधनमा पनि बिधुत खरिद गर्ने कुरा त गरे तर पानी को रोयलटीको बारेमा बोलेनन् । किनकि भारत नेपालका नदी नालाको पानी निशुल्क प्रयोग गर्न चाहन्छ । त्यति मात्रै नभएर भारतले नेपालका नदीहरुमा बषर्ातको पानीलाई जम्मा गरी भारतमा बषर्ातमा हुने बाढीको खतरालाई रोक्नुका साथै आफ्नो देशमा सदाबहार पानीको आपर्ुर्तिलाई समाधान गर्न चाहन्छ ।
यी उल्लेखित तीन वटा मुख्य मिशनका साथै मोदीले हिमालको गर्भमा रहेका जडिबुटिको उपयोग, धार्मिक एवं पर्वतिय साहसिक पर्यटन, कृषि र ब्यापारका क्षेत्रमा आफु साझेदार -पार्टनर) का रुपमा काम गर्न चाहेको बताउनुका पछाडि उनले नेपाललाई ३१ जुलाई सन १९५० को असमान सन्धि भन्दा पनि खतरनाक सन्धिमा लपेट्न खोजेको बुझिन्छ । जसका कारण नेपालका दलालहरुले यति बेलै गर्न खोजेको पिडिए र पिटिए संझौता अर्थात परियोजना ब्यापार संझौता र बिधुत उत्पादन संझौता मध्ये भारतले चाहेको जस्तो नभएकोले पिडिए संझौता हुन सकेन ।उनले संबोधनको क्रममा पनि दर्ुइ देश बिच समस्या रहि आएको सिमा, कालापानी, सुस्ता, र बिराट नगरमा अनाधिकृत रुपमा राखिएको क्याम्प हटाउने बारेमा केहि बोलेनन्, नत त्यसका बारेमा यहाँका दलालहरुले नै केहि कुरा राख्ने आँट गरे । बरु मोदीले नेपालको बिकासे मोडेल भन्दै हिमालको जडिबुटि, पहाडको हाइड्रो-बिधुत) अनि तर्राईको कृषिर् र उद्योगको बारेमा बढी चासो लिएर बोल्नुका साथै दश हजार करोड -एक अर्ब डलर) सहुलिएत ऋण दिने घोषणा लगाएत शिक्षामा थप छात्रबृद्धि दिने, बिबादित पंचेश्वर परियोजना कार्यान्वयन गर्ने, महाकालीमा झोलङ्गे पुल हाल्ने र भारतमा गरिने टेलिफोन शुल्कलाई सस्तो गर्ने जस्ता खुद्रा कुरा गरि नेपाली भाबना जित्ने कोसिस गरेका छन् ।
मोदीले नेपाल भ्रमनको क्रममा बिकासे एवं ब्यापारिक भाषणका साथै यहाँका दलालहरुलाई केहि राजनैतिक निर्देशन पनि गरेका छन् । जस अनुसार काँगे्रस र एमालेलाई ऋषि मनले कमा र फुलिस्टप नबिर्राई १०० बर्षसम्मको हिमाल, पहाड र तर्राई सम्मिलित संघिय गणतन्त्र -उत्तर दक्षिणको ठाडो संघियता सहित) को संबिधान लेख्न सुझाएका छन् । एनेकपा -माओबादी) लाई बुलेट बाट ब्यालेटमा अर्थात शस्त्रबाट शास्त्रमा आएकोमा प्रफुल्ल पार्दै बल प्रयोगको सिद्धान्तमा आधारित माओबादी दर्शन माथि गतिलो प्राहार गरेका छन् । युद्ध छोडेर बुद्धको शरणमा पुगेका अशोकको उपमा प्रचण्डलाई दिदै भौतिक बाद छोडेर अध्यात्मबाद र क्रान्ति छोडेर यथास्थितिबादमा आएकोमा स्वागत गरेका छन् । घुमाउरो पाराले क्रान्तिकारी आन्दोलनलाई आतंककारीको संज्ञा दिदै प्रचण्डहरुको कदमले हतियारको बलमा सत्ता कब्जा गर्ने उद्देश्य राख्ने शक्तिलाई सबक हुने भन्दै भारत र नेपालका माओबादीहरु प्रति पनि लक्षित गरेका छन् । राप्रपालाई संघिय गणतन्त्रमा जान र मधेशबादी दलहरुलाई क्षेत्रिएताबादी सोचबाट माथि उठि पहाडमा उक्लिन र आफ्नो प्रभाब उत्तर सम्म लैजान सुझाएका छन् । त्यस्तै नेपाली जनतालाई आफु धार्मिक एबं सास्कृतिक हिसाबले तिमीहरु संगै छ ु भन्ने भाब दिई भारत बिरोधि भाबनालाई मत्थर गर्ने प्रयास गरेका छन् । त्यति मात्रै नभएर नेपालको दलाल सरकार संग उनले भौतिक, पर्यटन र उर्जा संबन्धि संझौता गरेर गएका छन् । यसबाट के प्रस्ट हुन्छ भने मोदीले आफ्नो बिस्तारबादी निति बमोजिम नेपाल र नेपाली जनतालाई एक हातमा हरियो घाँस र अर्को हातमा लठ्ठ िसंगै देखाएर गएका छन् । अब यो कुरा पक्का भएको छ कि नेपालका दलालहरु मोदीको निर्देश बमोजिम नै अयाडि बढ्ने छन् । यर्सथ मोदी आफ्नो नेपाल मिशनमा सफल भएका छन् ।
सन १९५० को सन्धि
लामो समयको बिरोधका बावजुत अहिले सन १९५० को असमान पर्ुण्ा नेपाल भारत मैत्रि तथा शान्ति संन्धि पुनरावलोकन गर्ने चर्चा चलेको छ । खास गरेर यो सन्धि राणाहरु आफु सत्ताबाट फालिनी बेला झुकेर गरेको सन्धि हो । यसको पुनरावलोकन हैन कि खारेज हुनु पर्छ । यो खारेज भएमा अर्को सन्धि गर्नु आबस्यक पनि छैन । तर यस बिषयमा भारतीय प्रम मोदीले सन १९५० को सन्धिलाई लिएर राजनिति नगरौ बरु समस्य कहाँ हो छलफल गरौ भनेका छन् । यसमा मुलतःतिनवटा बुदा नेपालको हित बिपरित छन् । जस्तो कि धारा ५ मा नेपाल सरकारलाई आफ्नो सुरक्षाको लागि आवश्यक पर्ने हात-हतियार, विष्फोटक सामाग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यो प्रबन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् , भनिएको छ । यसले नेपालको सुरक्षा र र्सार्बभौमिकतामा नै खतरा पुर्याउदछ । त्यस्तै धारा ६मा दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्कापट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् , भनिएको छ । यसले पनि नेपालको राष्ट्रिय पुजी बिकाशमा अबरोध गर्छ । अनि धारा ७ मा नेपाल र भारत दुबै देशका सरकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ-आफ्नो भूभागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृति प्रदान गर्दछन् भनिएको छ । हाम्रो जस्तो बिकासोन्मुख देशको निम्ति यो धारा पनि उपयुक्त छैन । यदि यी धाराहरु यथाबतै रहने हो भने धारा ८ पनि कृयासिल हुनु पर्छ । जस्तो कि धारा ८ मा भनिएको छ जहाँसम्म यहाँ उल्लेख भएका कुराहरुको सवाल छ तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धिहरु, संम्झौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको छ । यसले के प्रस्ट पार्छ भने यदि यो सन्धि हुबहु लागु हुने हो भने नेपाल सुगौली सन्धि पूबको ग्रेटर -बिशाल) नेपालमा पुग्द छ । तर भारत र नेपालका दलालहरु यो धाराका बिषयमा चुपनि गर्न चाहदैनन् । तर्सथ ब्यबहारमा हाल सम्म पनि नेपालको राष्ट्रहित बिपरित देखिएको यो असमान सन्धि खारेज हुनु पर्छ ।
उपसंार
सारमा मोदी भ्रमण नेपालको राष्ट्रिय हित बिपरित भएता पनि यसका केहि सकारात्मक प्रभाबहरु देखिएका छन् । जस्तो कि केहि भारतीय संचार माध्यामले बुद्धको जन्म र सगरमाथाको बिषयमा भ्रम छरिरहेको सर्न्दर्भमा मोदीले नेपाल बुद्ध जन्मिएको देश, सगरमाथाको देश, र्सार्बभौम सत्ता सम्पन्न देश, बर्तमान भारतको स्वरुप निमार्ण्र्ाा रगत बगाउने बहादुरहरको देश आदि भनेर मोदीले नेपालको बास्तबिकतालाई स्विकार गर्नु सकारात्मक कुरा हो । त्यस्तै हाल सम्मको नेपाल भारत संबन्ध खुफिया एजेन्सि मार्फ हुने गरेकोमा अब सोझै राजनैतिक तहमा हुने बाताबरण बन्नु पनि एक हद सम्म सकारात्मक नै हो । यद्यपि मोदीले नेपालमा ब्यक्त धारणालाई लिएर भारतमा उनको आलोचना पनि भएको छ । पशुपतिमा पुजा गरेका मोदीले मुस्लीम धर्मावलम्बीको इदलाई किन शुभकामना दिएनन् भन्ने कुराको असन्तुस्टि पनि उठेको छ । यसले भारतीय प्रशासक र खुफियाहरुले उनको दृष्टिकोणलाई कार्यान्वयन हुन नदिने संकेत पनि देखिएको छ । खास गरेर भारतीय बिस्तारबादी शासक बर्गको उत्पिडनका कारण नेपाली जनताको भारत प्रतिको मनोबिज्ञान नकारात्मक नै छ । नेपाल भ्रमनको क्रममा मोदीको पनि त्यो शासकिय ठुल दाइ प्रबृती प्रस्टै देखिएको थियो । यो परम्परालाई भारतीय संस्थापन पक्षले निरन्तर बाचाई राख्न चाहन्छ ।
यद्धपि भारतीय श्रमजीबी जनता र नेपाली जनता बिच राम्रै मित्र भाब छ । भारतीय बिस्तारबादको बिरोध गर्नु भनेको भारतीय जनताको बिरोध गर्नु कदापी होइन । बिस्तारबाद एउटा शासकिय प्रबृति भएकोले भारतकै कम्युस्टि पार्टर्ीीले पनि भारतीय शासनलाई साम्राज्यबाद भनि आलोचना गर्छन् । तर्सथ मोदीले नेपाल भ्रमनको क्रममा जति सुकै गुलिया र मिठा कुरा गरेता पनि नेपाल र नेपाली राष्ट्रियता प्रति भारतीय बिस्तारबादको खतरा झनै बढेर गएको छ । सिक्किम, भुटान वा फिजि भन्दा नेपाली आयामको फरक शैली र भुमिकामा भारतीय बिस्तारबाद नेपालमा पस्दै छ । सबैलाई चेतना भया ।
मिति-२०७१ श्रावण २२

प्रतिक्रियाहरु