सप्तकोशी नदीमा फेरि खतराको संकेत

२०७१ श्रावण १२ गते, सोमबार


काठमाडौ, ११ साउन । पूर्वी पहाडी जिल्लाहरुमा परेको अविरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । हिजो सँझ पानीको बहाव प्रतिसेकेण्ड २ लाख १ हजार १ सय ६५ क्युसेक पुगेको थियो ।पानीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाई सुनसरी, सप्तरी र उदयपुरका प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली तयारी अबस्थामा खटाइएको छ ।
पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । पानीको बढ्ने क्रम जारी रहेपछि कोशी व्यारेजका ५६ ढोका मध्ये २३ वटा खोलिएको प्रहरी चौकी कोसी व्यारेजका प्रहरी नायव निरीक्षक खगेश्वर खतिवडाले जानकारी दिएका छन् ।
भारत सरकारको नियन्त्रणमा रहेकाले नदीमा पानीको सतह निकै बढ्दा पनि पूरै ढोका खोल्न नपाइएको भन्दै स्थानीय वासिन्दाले आक्रोश पोखेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु