जापानको ओकिनावामा सामुद्रिक आँधी

२०७१ असार २४ गते, मंगलवार

काठमाडौ,२४ असार । जापानको ओकिनावामा सामुद्रिक आँधी सुरु भएको छ । आँधीका कारण त्यस क्षेत्रका सबै बस,रेलवे लगायतका अन्य यातायात सेवा रोकिएका छन् ।जापानको मौसम एजेन्सीले हिजो सामेबार नै ओकिनावा क्षेत्रमा सामुद्रिक आँधी आउँनसक्ने भन्दै उच्च सतर्कता अपनाउँन चेतावनी जारी गरेको थियो । यो आँधी यस दशककै सबैभन्दा खतरानक हुनसक्ने समेत मौसम एजेन्सीको अनुमान छ । २७० किलोमिटर प्रतिघण्टाका दरको उक्त आँधीबाट ठूलै धनजनको क्षति हुनसक्ने चेतावनी दिइएको छ । उक्त टापुमा अहिले १.२ मिलियन जनजंख्याको बसोबास रहँदै आएको छ ।
केही वर्ष अघि आएको आँधीबाट बढी प्रभावित मियाको टापुमा ५३ हजार मात्र जनसंख्या थियो । त्यति जनजंख्या रहेको क्षेत्रमा गएको आँधीबाट समेत हजारौंको ज्यान गएको थियो ।जापानको मौसम विभागका अनुसार यो आँधीको छाल १४ मिटर सम्मको हुनसक्नेछ । यसले सन् २०११ मा आएको आँधीको क्षतिलाई समेत विर्सने गरी भौतिक र मानवीय क्षति पुर्याउँन सक्ने बताइएको छ ।

प्रतिक्रियाहरु