फुटपाथ व्यापारको समस्या र समाधान – युबराज सफल

२०७१ बैशाख १९ गते, शुक्रबार


अहिले विशेषत काठमाडौँ उपत्यकामा फुटपाथ व्यापारीहरुको आन्दोलन वैशाखको घामभन्दा बढीनै चर्किएको छ । नवनियुक्त गृहमन्त्री बामदेव गौतमले कुर्सी विराजमान हुन जाँदा जाँदै भन्दिए म अव फुटपाथ व्यापारीहरुलाई कार्वाही गर्छु सवैलाई तत्काल सडकवाट लखेट्छु । र उनले माताहत सुरक्षा निकायलाई लिखित निर्देशन नै दिए तत्काल फुटपाथ व्यापारीलाई सडकवाट खाली गर्नु । त्यसपछि उसै त अनेक हस्तक्षेप गर्ने प्रहरीलाई गृहमन्त्रीले नै निर्देशन दिएपछि के चाहियो र ,प्रहरीहरुले पनि तत्काल फुटपाथ व्यापारीहरुलाई सडकबाट खाली गराए । सडकवाट खालि गराउने क्रममा विभिन्न ठाँउमा फुटपाथ व्यापारीहरुले अवरोध तथा प्रतिरोध गरेपनि हतियारधारी प्रहरीको अगाडि विचरा फुटपाथ व्यापारीहरुको केही चलेन अन्तत ः उनीहरु सडक पेटी छाड्न वाध्य भए । प्रहरीले उनीहरुलाई लखेट्ने क्रममा कैयँनको सामान सडकमा छरिएको तथा कैयँनको सामान नास भएको , तथा कैयँनको सामान महानगरको आदेशमा महानगरको सुरक्षाकर्मीले लगेको पाइयो । सडक पेटीमा बसेर सानसँग व्यापार गरेका फुटपाथ व्यापारीहरु जुन दिन सरकारसँग आक्रोशित भए जुन दिन उनीहरुको रोजिरोटी खोसियो । फलस्वरुप उनीहरु आफ्नो रोजीरोटी खोसिएको विषयमा गम्भीर भएका छन् र सरकार तथा महानगरपालिका विरुद्व चरणवद्व आन्दोलनको घोषणा गरी अगाडि बढी रहेका छन् । विभिन्न राजनीतिक पार्टी कार्यालय घेराउ ,सडकमा चक्काजाम ,विरोध पर््रदर्शन देखि महानगरपालिका घेराउ सम्मका आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेका उनीहरु अव त्यत्तिकै पछि हट्ने छाँट देखिदैन भने सरकार पनि आफुले गरेको निर्ण्रााट पछि हट्ने कुनै सम्भावना छैन । विभिन्न राजनीतिक दलहरुलाई फुटपाथ व्यापारीहरुले भेटे पनि उनीहरुले गुलिया ललिपप र आश्वासनका माम पस्कने वाहेक अन्य काम गर्ने छैनन् । कसले कुन पद पाउने कति शक्ति हत्याउने भन्ने खेलमा लागेका राजनीतिक दलहरुले सो कुरामा ध्यान दिने छाँट छैन । उनीहरुले फुटपाथ व्यापारीहरुको मागलाई मिष्ठान्न भोजन खाँदा आएको झिँगा जस्तो लिएका छन् । यसो हर्ेदा फुटपाथ व्यापारीहरुको माग तत्काल सम्बोधन हुने छाँटकाँट छैन । तर्सथ सम्रग फुटपाथ व्यापारको समस्या र समाधानको वारेमा केही शव्द लेख्दा फुटपाथ व्यापारीलाई सडकवाट खेद्ने सरकार र फुटपाथवाट खेदिएका फुटपाथ व्यापारीवीच मिलनविन्दु भेटाउन सजिलो होला कि ?
फुटपाथ व्यापार र समस्याको सम्बन्धमा
सामान्यतया सडकको पेटीमा विना इजाजत ,विना सहमति ,विना जानकारी अवैधानिक रुपमा व्यापार संचालन गर्ने व्यापारलाई फुटपाथ व्यापार भनिन्छ । खासमा यो व्यापार गर्न आफ्नो व्यवसाय कतै दर्ता गर्न पनि पर्दैन ,कसैको स्वीकृति पनि लिन पर्दैन र कसैलाई विक्रि गर्ने सामानको गुणस्तर पनि जाँच गर्न पर्दैन । फुटपाथमा विभिन्न सामानहरु विभिन्न ढंगले खुलम्खुल्ला किनवेच भएको हुन्छ । अहिले सम्म नेपालमा फुटपाथ व्यापारी कति छन् र तिनले सरदर मासिक कति लाख /करोडको कारोवार गर्छन् र त्यसवापत उनीहरुले कति आम्दानी गर्छन् अनि आफ्नो व्यवसाय गरे वापत राज्यलाई कति कर तिर्छन् भन्ने कुराको कुनै विवरण भएको जस्तो लाग्दैन । सरकारले फुटपाथ व्यापार सम्बन्धी विशेष नियमा कानुन ल्याएको जस्तो पनि देखिदैन्ा । सायद यहि कारण हुन सक्छ सरकारले फुटपाथ व्यापारलाई अवैधानिक घोषित गरी सडकवाट बेहाल बनाई लखेटेको । तर्सथ फुटपाथ व्यापारवाट आम र्सवसाधरणमा पर्ने समस्या र स्वंयम फुटपाथ व्यापारवाट सरकारलाई पर्ने समस्या र फुटपाथ व्यापार खोसिदा फुटपाथ व्यापारीहरुलाई पर्ने समस्याको वारेमा संक्षेपमा चर्चा गर्दा सान्दर्भिक होला ।
फुटपाथ व्यापारवाट आम र्सवसाधारणलाई पर्ने समस्याहरु
फुटपाथ व्यापारवाट आम र्सवसाधारणलाई विभिन्न समस्याहरु परेको हुन्छ । ती समस्याहरुलाई निम्नानुसार राख्न सकिन्छ ः
क. पहिलो समस्या भनेको फुटपाथमा व्यापार गर्ने व्यापारीहरुले वेच्ने सरसामानहरुको वैधता हुँदैन भने त्यस्ता सामानहरु कमसल खालका हुन्छन् ।
ख. प्राय राजश्व छलेर आएका चोरीका सामानहरु फुटपाथमा बेचिने हुँदा तमाम र्सवसाधारणमा चोरीको सामान किन्ने बानी बस्दछ ।
ग. फुटपाथ व्यापार गर्दा सडकको पेटीमा गरिने हुँदा फुटपाथ व्यापारले र्सवसाधारणको आवतजावतमा समस्या पार्दछ ।
घ. फुटपाथमा सामान किनमेल गर्दा दुषित तथा गुणस्तरहिन सामान हुन सक्दछ । खुल्ला ठाँउमा बेच्न राखिने हुनाले त्यस्ता खाद्य वस्तु खाँदा विभिन्न रोगव्याधीले आक्रमण गर्न सक्दछ ।
ङ. फुटपाथमा सामान किनमेल गर्दा अनावश्यक भीड बढ्ने हुदाँ विभिन्न विकृति विसंगतिले प्रश्रय पाउछन् ।
फुटपाथ व्यापारवाट सरकारलाई पर्ने समस्याहरु
फुटपाथ व्यापारवाट सरकारलाई पनि प्रशस्तै समस्या परेको हुन्छ ,त्यस्ता समस्याहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
क. पहिलो कुरा पुटपाथ व्यापार विना इजाजत संचालन हुने हुँदा यसवाट व्यवसाय दर्ता वापत कुनै शुल्क प्राप्त नहुने हुँदा आर्थिक रुपमा राज्यलाई घाटा हुन्छ ।
ख. सयौँ हज्जारौँका संख्यामा फुटपाथ व्यापारीहरु रहेका कारण करोडौँ रुपैयाँ बराबर राज्ाश्व कर राज्यलाई घाटा हुन्छ ।
ग. फुटपाथ व्यापार गर्दा सडक पेटीमा गर्ने हुँदा आवतजावतमा समस्या परेपछि आम नागरिकले सरकारको आलोचना गर्दछन् फलस्वरुप सरकारले अपजस र आलोचना खेप्न पर्ने हुन्छ ।
घ. फुटपाथ व्यापारीहरुले जस्तो सुकै सामानहरु पनि विक्रि वितरण गर्ने हुँदा यदि त्यस्तो सामान कमसल र गुणस्तरहिन देखिएमा त्यसको अपजस सरकारको थाप्लोमा आउने हुँदा यस फुटपाथ व्यापारवाट सरकार थप समस्यामा पर्दछ ।
ङ. फुटपाथ व्यापार हचुवामा संचालन गरिने हुँदा त्यसको अनुगमन र मूल्यांकन नहुने अनि कसैले यसको कारोवार र अन्य गतिविधिमाथि कुनै चासो नराख्ने हुँदा त्यहाँ जस्तोसुकै सर सामानको कारोवार हुने प्रतिबन्धित पदार्थहरुको समेत कारोवार हुन सक्ने हुँदा त्यस्तो कार्यको जिम्मेवार राज्य हुन पर्ने हँुदा सरकार थप समस्यामा पर्दछ ।
फुटपाथ व्यापार खोसिदा फुटपाथ व्यापारीलाई हुने समस्या
विभिन्न ठाँउमा खुलम्खु ल्ला फुटपाथ व्यापार गर्ने र आफ्नो रोजी रोटीको व्यवस्था गरी रहेका फुटपाथ व्यापारीलाई फुटपाथ व्यापार हटाउदा निम्न समस्याहरु आउदछन् :
क. र्सवप्रथम फुटपाथ व्यापारवाट आफ्नो दैनिक जीवन धानिरहेकाहरुलाई सो व्यवसायवाट हटाउदा उनीहरुको रोजी रोटी खोसिने र उनीहरु वेरोजगार रहन्छन् ।
ख. अव फेरि व्यवसाय गर्न व्यवसाय दर्ता गर्न तथा कानुनी मान्यता प्राप्त गर्न पर्ने तथा कर समेत तिर्न पर्ने हुँदा सबै प्रकृया पुरा गरेर मात्र व्यापार गर्न उनीहरुलाई समस्या हुन सक्दछ ।
ग. थोरै लगानीमा व्यापार संचालन गरी रहेकाहरुलाई अव वैधानिक रुप्ामा व्यवसाय गर्दा अलि बढी खर्चिलो भएर व्यवसायमा समस्या आउन सक्दछ ।
घ. फुटपाथमा व्यापार गर्न नपाए अन्य ठाँउमा शुल्क तिरेर व्यवसाय गर्न पर्ने हुदाँ आर्थिक खर्च दोव्वर हुन सक्दछ र आर्थिक भार पर्न सक्दछ ।
ङ. वैधानिक रुपमा व्यापार गर्दा विभिन्न प्रकृया पुरा गर्न पर्ने तथा अनेक झन्जट बेहोर्न पर्ने हँुदा फुटपाथ व्यापारीहरुलाई अर्को कानुनी तथा व्यवहारिक झन्झट पर्न सक्दछ ।
फुटपाथ व्यापारीहरुको आन्दोलन
राज्यले आफ्नो रोजी रोटी खोस्यो भन्दै यतिखेर फुटपाथ व्यापारीहरु अनेक रुपमा आन्दोलनमा निस्किएका छन् । उनीहरु आफूहरुलाई विना विकल्प हटाइएकोमा आक्रोशित र आन्दोलित भएका हुन् । तत्काल आफ्ना समस्याहरुको समाधान गर्न उनीहरुले आन्दोलनका कार्यक्रमहरु संचालन गरिरहेका छन् ।
आफूहरुले गरिखाएको सरकारले मन नपराएको आरोप लगाउदैँ फुटपाथ व्यापारीहरु राज्यसँग आन्दोलित भएका छन् । आफूहरुले राखेका विभिन्न मागको सुनुवाई नभएसम्म उनीहरु घोषित अघोषित आफ्ना संर्घष्ाका कार्यक्रमहरु स्थगित गर्न आन्दोलनकारीहरु तयार भएको देखिदैँन । तर्सथ सरकारले यसलाई प्राथमिकता नदिने र आन्दोलनकारीहरुले पनि आफ्नो अडान नछोड्ने हो भने त्यसको नतिजा नराम्रो आउनेमा कुनै दर्ुइ मत छैन ।
सरकार आफुहरुको मागको सुनुवाई गर्न भन्दा पनि आफुहरुको अधिकार समाप्त पार्न लागि परेको बुझाई फुटपाथ व्यापारीहरुको छ भने आफुहरुले फुटपाथ व्यवसायीलाई जिम्मेवार बनाउन लागेको सरकारको जवाफ छ । यसवाट सरकार र फुटपाथ व्यापारीहरुको संर्घष्ाले कस्तो रुप धारण गर्नेछ भन्ने कुरा केही दिनमै देखिने छ । साथै सरकारले पनि कसरी आन्दोलनरत फुटपाथ व्यापारीहरुको मागको सम्बोधन गर्छ त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।
दुवै पक्षले एक अर्काको अडान नछोडेमा सहमतिको सम्भावना न्युन छ । यदि निकास चाँहने हो भने दुवै पक्ष लचिलो र जिम्मेवार हुन पर्दछ तवमात्र निकास निस्कन सक्दछ । नत्र फुटपाथ व्यापारीले जति आन्दोलन गरेपनि निकास निस्कने छाँटकाँट छैन । तर्सथ सरकारले पनि फुटपाथ व्यापारीहरुको मागलाई लिएर जिम्मेवार हुन पर्ने कुरा त छँदैछ साथै कसरी हुन्छ उनीहरुको रोजी रोटीको व्यवस्था गर्नु र उनीहरुलाई देश विकासमा समर्पित गर्नु पनि राम्रै कुरा हो ।
फुटपाथ व्यापारको समाधानका उपायहरु
फुटपाथ व्यापारीहरुले आफ्नो मागलाई सम्बोधन गर्न सरकार र अन्य राजनीतिक दलहरुसँग आग्रह गर्नेदेखि दवाव सिर्जना गर्नेसम्मको काम गरिरहेका छन् । हरेक कुराको समस्यामात्र हैन हामीले त्यसको समाधान पनि खोज्नु पर्दछ । अत फुटपाथ व्यापार एवम् फुटपाथ व्यापारीको समस्यालाई निम्न ढंगवाट समाधान गर्न सकिन्छ ।
क. पहिला उनीहरु साँच्चै व्यापार गर्न चाहन्छन् भने आफ्नो व्यापारलाई वैधानिक रुपमा दर्ता गरी वा सम्बन्धीत निकायको इजाजत लिएर मात्र व्यापार व्यवसाय संचालन गर्न तयार हुनपर्दछ ।
ख. र्सवसाधारण आवतजावत गर्ने फुटपाथमै व्यापार गर्न पाउन पर्छ भन्ने धारणालाई परिवर्तन गरी वैकल्पिक ठाँउको लागि राज्यलाई दवाव दिने र फुटपाथमा व्यापार गर्न नहुने सरकारी नीतिलाई आत्मसाथ गर्न पर्दछ ।
ग. राज्यले पनि उनीहरुको मागलाई सम्वोधन गर्न उचित तवरले सोच बनाउन पर्दछ ।
घ. देशभरि कति फुटपाथ व्यापारीहरु छन् त्यसको अध्ययन गर्न र त्यसको निकास गर्न उच्चस्तरीय समिति वा आयोग बनाई फुटपाथ व्यापारीको समस्यालाई समाधान गर्न पर्दछ ।
ङ. कानुनी दायरामा आई व्यापार नै गर्न चाहने फुटपाथ व्यापारीहरुको लागि राज्यले कम्तीमा व्यापार गर्ने ठाँउ सम्म उपलब्ध गर्राई व्यापार गर्न वातावरण बनाई दिनु पर्दछ ।
च. सवैलाई छुट्टा छुट्टै स्थान उपलब्ध गराउन समस्यमा पर्ने हुँदा फुटपाथ व्यापारीहरुले आफूहरुमा वृहद् एकता गरी ५० जनाको संख्यामा सहकारी वा अन्य निकाय गठन गरी सामूहिक व्यवसायमा गए त्यस्तो निकायलाई सरकारले पनि आवश्यक ऋण तथा अनुदानको व्यवस्था गर्न सक्छ ।
छ. फुटपाथ व्यापारीहरुले आफ्नो व्यवसायलाई वैधानिक बनाई राज्यलाई कर तिरी करको दायरामा आई असल व्यवसायी बने त्यसवापत राज्य तथा सरकारले पनि आवश्यक सहयोग गर्न सक्दछ ।
ज्ा.फुटपाथमा संचालन गर्ने व्यापारलाई परिवर्तन गरी साना तथा घरेलु उद्योगको रुपमा संचालन गरेमा घरेलु तथा साना उद्योगले उद्योग व्यवसाय संचालन सम्बन्धी आवश्यक सिप र तालिमको समेत व्यवस्था गर्न सक्दछ ।
भ्. फुटपाथ व्यापारीहरुले फेरि पनि फुटपाथमै व्यापार गर्न पाउन पर्छ भन्न हुन्न माथि उल्लेख गरिएअनुसार सामुहिक तवरले एकता बद्व रुपमा व्यापार व्यवसाय गर्न प्रतिवद्व हुन पर्दछ ।
अन्त्यमा भन्न पर्दा आजको दिनसम्म फुटपाथ व्यापारीहरु आन्दोलित बनेका छन् ।आन्दोलनमात्रै निकास हैन । सधैँ आन्दोलन गरेर समयलाई बर्वाद पार्नुभन्दा जिम्मेवारी व्यवसायी बनी राज्यलाई विकसित र समृद्व बनाउने अभियानमा लाग्न पर्दछ । सरकारले पनि अविलम्म निश्पक्ष छानविन गरी देश भर रहेका फुटपाथ व्यापारीहरुको विवरण संकलन गर्दै उनीहरुको माग पुरा गर्न पर्दछ । साथै फुटपाथ व्यापारीहरु पनि सरकारसँग जिम्मेवार ढंगले प्रस्तुत हुन पर्दछ ,आफ्नो कमजोरीहरुमा र आचरणमा सुधार गर्न पर्दछ त्यति गर्न सक्यो भनेमात्र समस्याको निकास सम्भव छ ।
यदि माथिका कुराहरुलाई अक्षरांस पालना गर्ने हिम्मत सरकार र फुटपाथ व्यवसायीले गर्ने हो भने देशले व्यवसायमा अर्को प्रगति गर्दै आर्थिक क्रान्तिमा फड्को मार्दथ्यो । तर सम्बन्धीत निकायले आफूलाई कसरी प्रस्तूत गर्दछन् को कति जिम्मेवार बन्दछन् त्यो थाहा पाउन केही समय धैय धारण गर्नै पर्दछ । आसा गरौँ विस्थापित गराउने र विस्थापित हुने शक्तिले विवेकपूण् तरिकाले कार्य गर्ने छन् र सहमति ,सहकार्य र एकता मार्फ अगाडि बढ्दै समृद्व नेपाल बनाउने महाअभियानमा सरिम हुनेछन् अनि देशलाई औद्योगिक क्रान्तिमार्फ आर्थिक क्रान्ति सम्पन्न गर्ने आधार तय गर्नेछन् । अहिलेलाई यही अपेक्षा गर्न र सरकार र आन्दोलन पक्षलाई यही राय सुझाव दिन सकिन्छ । कसरी अगाडी बढ्ने र के कसो गर्ने भन्ने कुरा त सम्बन्धीत पक्षकै हातमा छ ,हेरौँ के गर्छन् तिनीहरुले ?

प्रतिक्रियाहरु