परदेशिनुको पीडा – छत्र मैनाली

२०७१ बैशाख १३ गते, शनिबार


स्वदेश छाडेर विदेशिनु सबैको आ-आफ्नै कारण हुन सक्छन् । कतिपयको उद्देश्य उच्च शिक्षा हासिल गर्नलाई हुन सक्छ कतिपय आर्थिक उपार्जनको बाटोलाई बलियो बनाउनको निम्ति रोजगारको सिलसिलामा बिदेशिन बाध्य भएका हुन सक्छन् । हाम्रो समाजमा भन्ने गरिन्छ देश बुझन परदेशिनु पर्दछ तब मात्र विदेशमा रहँदा स्वदेशको माया कस्तो हुन्छ भन्ने अनुभव हुन्छ । निश्चयनै हो बिदेशमा रहँदा स्वदेशको मायाले बढीनै तड्पाउने गर्दछ । विविध बाध्यताका बीच परदेशमा समय व्यतित गर्नभने जस्तो सजिलो छैन । आफ्नो जन्मभूमि, मातृभूमिलाई चटक्कै छाडेर मुग्लान पस्नु पर्दा स्वदेशप्रतिको माया, मोह अचाक्ली बढेर आउँदछ । हामी नेपालीको विशेषता झैं गोठालो गएको, उकाली-ओराली हिँडेको, वन-जंगल डुलेको, स्कुल गएको, साथी-संगीसँग लुकामारी खेलेको, तालतलाउमा पौडी खेलेको झलझल्ती भएर स्मरण जोकोहीलाई आउन सक्छ । आफ्नो जन्मभूमिलाई सम्झेर, हिजोको बाल्यकाल सम्झेर न्यास्रो लाग्नु स्वभाविक नै हो । यहाँ पशुपंक्षीलाई समेत तिनको स्थायी बासस्थानबाट अन्यत्र स्थान्तरण गर्दा साविकको बासस्थानको न्यास्रो लागेर तिनका ब्यबहारमा परिवर्तन देख्दछौँ । उदाहरणको निम्ति यदि कसैले चौपाया गाई, भैँसी, खरिद गरेर एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ र ती चौपाया दूध दिने लैना छन् भने नयाँ स्थानमा तिनले सहजै दूध दिन मान्दैनन । अनौठो व्यवहार देखाउने, टोलाउने, कराउने आदि गर्छ । तिनले आफ्ना मालिक, आफू बसेको स्थान जे-जस्तो भए पनि कहिले माया मार्दैनन्, केवल तिनका बाध्यताले पीडित बन्दै जता भन्यो, त्यतै लुरुलुरु लागेर जान्छन् । तिनको हाउ भाउलाई जसले बुझन सक्छ, जसले तिनका पीडालाई महसुस गर्नसक्छ सायद त्यसै दिनदेखि पशुपंक्षीमा हुने भेदभाव अन्त्य होला । फरक केवल भौतिक बनावट मात्र हो स्मरण सबै उस्तै हो । तिनलाई पनि भोक, न्रि्रा, ग्यास, पीडा आदि अनुभव हुन्छ ।
हामी मनुष्य जाति सृष्टिका उत्तम प्राणीमध्येमा पर्दछौं सायद त्यसैले होला मनुष्य आ-आफ्नो खुशीमा चल्ने गर्दछ । तिनलाई कुनै लगाम छैन जे गरे पनि मनुष्य हुनुको दम्भ भित्र पर्ने गर्दछ । जेहोस् स्वदेशको माया विदेशको छाया भएर धेरैले आफ्नो मातृभूम्रि्रति योगदान पुर्याएका छन् । यसको अर्थ यो नलागोस् विदेश गएपछि मात्र स्वदेशको सम्झनाले योगदान पुर्याएको भन्ने । हामी नेपाली विश्वका हरेक कुनाकुनासम्म पुगेर आफ्नो परिचयलाई विश्व समुदायमाझ स्थापित गराउने महायज्ञमा सहभागी बन्दैछौँ । यो सकारात्मक पाटोलाई सबैले साथ सहयोग र्समर्थन गर्नर्ुपर्दछ भन्ने मेरो मान्यता हो । विदेशमा रहँदा आफ्नो देशको नामलाई कसरी उचाइमा पुर्याउन सकिन्छ भन्ने चिन्ता सबैमा हुने गरेको पाइन्छ । तर्सथ, बैदेशिक यात्रा एक किसिमले दुइ देशबीचको सेतुको रुपमा लिन सकिन्छ । जो जहाँ भए पनि केही फरक नपर्ने हुँदा सबैले आफ्नो आफ्नो स्थानबाट राष्ट्रको निम्ति, जन्मभूमिको निम्ति के कस्तो योगदान पुर्याउन सकिन्छ त्यसतर्फध्यान दिन जरुरी छ । यसै सर्न्दर्भमा बिदेशमा रहँदा स्वदेशबाट पाल्नुहुने समाजका बिभिन्न तहका व्यक्तित्वहरुको भ्रमण पनि अविश्मरणीय एवं अर्थपूण हुने गर्दछ । २ डिसेम्बर २०१२ मा नेपालबाट कोलोम्बिया काम बिशेष आउनु भएका नेकपा एमाले पार्टी पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली र एमालेकै केन्द्रिय सदस्य अधिवक्ता अग्नि खरेलसँगको भेट अझै पनि अविश्मरणीय बनेर बसेको छ । म सम्झन्छु ती दिनहरु स्मरण भएर आउँछ, उहाँ दुवैजनासँग हाँसीहाँसी कुराकानी गरेको, संगै खानपिन गरेको, दुःख सुखका अनुभव साटासाट गरेको, राजनीतिक विषयको कुराकानी गर्दै सहरको केही भागको दृश्यावलोकन गरेको झल्झल्ती भएर आउँछ । भेटघाटपश्चात नियमित सर्म्पर्क नभए पनि त्यो क्षण अविश्मरणीय बनेर बसेको छ । यसको श्रेय जनादेश साप्ताहिक पत्रिकाका सम्पादक एवं प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य मनऋषि धिताललाई जान्छ । उहाँकै सहयोगमा त्यो भेटघाट सम्भव बनेको थियो ।
यसैगरी गत २१ -२४ अक्टोबर २०१३ मा कोलोम्बियाको काप्ताहेनामा इन्टरपोलको ८२ औँ महाशाभामा भाग लिन नेपाल प्रहरीका तत्कालिन प्रहरी महानिरीक्षक कुवेरसिंह राना र सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त आउनु भएको थियो । उहाँहरुसँग प्रत्यक्ष भेटघाट हुन नसके पनि सामाजिक सञ्जालमार्फ् तत्कालीन प्रहरी महानिरीक्षक कुवेरसिंह रानासँग संवाद भएको थियो । उहाँले समय अभावको कारण र मुलुकमा आमनिर्वाचनको माहोलले गर्दा प्रत्यक्ष भेटघाट हुन नसके पनि एकजना नेपाली कोलोम्बियामा भएकोमा बधाई दिनु हुँदै खुशी व्यक्त गर्नु भएको थियो । यसैगरी, नयाँ बर्ष२०७१ सालको पर्ूवसन्ध्यामा दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको मेडेजिन शहरमा आयोजित युएन हाबीटाट विश्व सम्मेलन २०१४ -५-११ अप्रिल) मा भाग लिन नेपालको तर्फाट सहभागीहरुमध्ये शहरी बिकाश मन्त्रालयका सहसचिब डाक्टर महेन्द्र सुब्वा, शहरी बिकाश तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी, जर्मन अन्तर्रााट्रय डेभलोपमेन्ट कुपरेसन ९श्क्ष्न्० नेपाल कार्यालयका कार्यक्रम व्यवस्थापक होर्सट मथाउस सहभागीसँगको भेट पछिल्लो समयमा ताजा बनेर बसेको छ । उहाँहरु कोलोम्बियाको मेडेजिन शहरमा हुनुहुन्छ भन्ने जानकारी पाएपश्चात पहिलो सर्म्पर्क महानिर्देशक शम्भु केसीसँग भयो । इ-मेल गरेको केही समयमै उहाँले मेडेजिनबाट टेलिफोन सर्म्पर्क गर्नुभयो र राजधानी बोगोटा डिसीमा भेटघाट गर्न सकिने जानकारी दिनु भयो । उहाँहरु तीनजना अलावा अरु नेपालीको पनि सहभागिता रहेको तर फरक-फरक विषयमा फरक-फरक कार्यक्रम रहेकोले एकै स्थानमा भेट हुन नसकेको जानकारी दिनुभयो । तर, उहाँहरु तीनजनाचाहिँ एकै साथ यात्रा गर्ने जानकारी दिनुभयो ।
११ अप्रिल शुक्रबार साँझ पख राजधानी बोगोटा उत्रिनु भयो र होटेल कोसमोस इन्सिगनियाको सर्म्पर्क ठेगाना मेल गरिदिनु भयो । शुक्रबार साँझ हाम्रो टेलिफोनमा कुराकानी भयो । तर, हाम्रो भेटचाहिँ १३ तारिख आइतबार मात्रै हुन सक्ने भयो । शनिबार काममा ब्यस्त हुनुपर्ने भएकोले आइतबार नै उपयुक्त ठानेर आइतबार भेट गर्ने निश्चित भयो । शनिबार उहाँहरु शहरको मुख्य भागको अबलोकनमा निस्कनु भएछ । यसै क्रममा बोगोटास्थित मोन्सेराते डाँडाको अबलोकन क्रममा महानिर्देशक शम्भु केसीलाइ हाई अल्टिच्युड फिल भएर आइतबार ९ बजे भेट्ने कार्यक्रम तय भएकोमा १२ बजे मात्र सम्भव भयो । म आफैँ उहाँहरुलाई लिन उहाँहरु बस्नु भएको होटेल कोसमोस इन्सिग्निया पुगो । पहिलो भेट महानिर्देशक शम्भु केसीसँग भयो, औपचारिक परिचय आदान-प्रदान भयो, होटेलको लबीमा बसेर केही क्षण कुराकानी भयो । कुराकानीकै क्रममा म एक्लो नेपाली कोलोम्बियामा बसोबास गर्दै आएको जानकारी गराएँ । उहाँले निक्कै गम्भीरता साथ कसरी यो सब सम्भव भयो – भन्ने जिज्ञासा राख्नु भयो । जेहोस् एकजना नेपाली यहाँ आएर बसोबास गरेकोमा खुशी व्यक्त गर्नुभयो । त्यही क्षण डाक्टर महेन्द्र सुब्बा, होर्सट मथाउसको आगमन भयो र संयुक्त परिचय आदान-प्रदानपश्चात हामी गन्तब्यतर्फलाग्यौँ । करिब २० मिनेटको समय अबधिमा हामी हाम्रो निवास किरिगुआ भन्ने स्थानमा पुग्यौँ । निवासमा श्रीमती मारिया एमा मैनाली, लुसी हेन्नान्देज । सेसार रोमिरेसले स्वागत गर्नुभयो । दिउँसोको समय भएकोले खानपिनको समय भइसकेको थियो । त्यसपछि खानपिनको तयारीमा लागियो । होर्सट मथाउस साकाहारी हुनुहुँदोरहेछ । उहाँले सामान्य साकाहारी खाना खानुभयो भने हामी अन्यले ननभेज खाना खायौँ । यसै क्रममा हाम्रो बोगोटाको सुरुवाती ब्यबसायको बारेमा कुराकानी भयो, सुरुवातको ब्यबसाय विविध कारणले डुबेको र यसबाट उत्पन्न कठिनाइदेखि वर्तमानसम्मको केही अनुभव सेयर गर्ने मौका मिल्यो । उहाँहरुको आइतबार साँझको फिर्ती उडान भएकोले अलि हतारमै फर्किनु पर्यो । समग्रमा हाम्रो नयाँ साल २०७१ अत्यन्तै खुशियालीको साथ बित्यो र अविश्मरणीय रहृयो । उहाँहरु कोलोम्बियाको विकास निर्माणले साह्रै प्रभावित बनेको अनुभव सुनाउनु भयो । यहाँको जस्तो बिकास निर्माण आफ्नो मुलुकमा गर्न सधैँ तत्पर र प्रयासरत रहने दृढ संकल्प गर्नुभयो । मुलुकपछि परेकोमा चिन्ता प्रकट गर्दै मुलुकमा राजनीतिक अस्थिरताले गर्दा बिकाश निर्माण हुन नसकेको अनुभव सुनाउनु भयो । कोलोम्बियामा म एक मात्र नेपाली भएको सुनाउँदा होर्सट मथाउसले आफ्नो ससुराली नेपाली भएको सालीचाहिँ मेक्सिकोमा बसोबास गर्छिन् । तर, उनी पनि त्यहाँ एक्लो नेपाली रहेको रोचक प्रसंग सुनाउँदै बिदा भयौँ ।

प्रतिक्रियाहरु