तेस्रो मोवाइल एक्स्पो हुँदै

२०७० फाल्गुन २९ गते, बिहीबार


काठमाडौं -नेपाल मोवाइल ब्यवसायी संघको आयोजनामा चैतको अन्तिम हप्तादेखि तेस्रो मोवाइल एक्स्पो हुने भएको छ ।काठमाडौंमा हुने सो मेलामा मोवाइलको प्रदर्शनी, बिक्री तथा विभिन्न स्मार्टफोन कम्पनीहरुले आफ्नो नयाँ मोडल लञ्च गर्ने कार्यक्रम छ ।विभिन्न अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधीको उपस्थिती रहने यो मेलामा विभिन्न मोवाइलका नयाँ सफ्टवयर, एप्स र विभिन्न एप्लिकेशन पनि भित्र्याइउनेजानकारी नेपाल मोवाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले दिए ।मेलामा १२ सयदेखि १ लाखसम्म पर्ने विभिन्न मोडलका मोवाइल तथा स्मार्टफोनको प्रदर्शनी तथा बिक्रि गरिने उनको भनाइ थियो । मेलामा विभिन्न नयाँ कम्पनीका ट्याबलेट, ल्यापटप र मोवाइलमा प्रयोग हुने एशोसरिजमा भारी छुटको ब्यवस्था गरिने उनको भनाइ छ ।दुईसय भन्दा बढि स्टल रहने एक्सपोमा स्टक मोबाइल, स्मार्टफोन तथा एशोसरिजमा ८० प्रतिशतसम्म छुट दिने ब्यवस्था मिलाइएको उनले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार