माइक्रोम्याक्सले ल्यायो सबैभन्दा सस्तो स्मार्टफोन

२०७० फाल्गुन २९ गते, बिहीबार


काठमाडौँ, । माइक्रोम्याक्स मोबाइलका नयाँ सेट नेपाली बजारमा आएका छन् । बहुभाषी स्मार्टफोनको संज्ञा दिएको बोल्ट ए २४ नामको नयाँ सेटमा वाइफाइ सुविधा जडान गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले ए २४ लाई हालसम्मकै सबैभन्दा सस्तो स्मार्टफोन भनेको छ, यसको मूल्य नेपाली बजारका लागि ३ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । माइक्रोम्याक्सले एक देश एक फोनको सिद्धान्त अनुसार सस्तो मूल्यको स्मार्टफोन नेपालमा उपलब्ध गराएको जनाएको छ ।नयाँ सेटमा नेपाली, मैथिली, हिन्दी, संस्कृत गरी जम्मा २० भाषाप्रयोग गर्न सकिन्छ । यस्तो सुविधाका कारण उपभोक्ताले आफ्नै भाषमा म्यासेज गर्न सक्नेछन् । यसमा अल्ट्रा फास्ट प्रोसेसर र एन्ड्रोईड जिन्गरब्रेड राखिएको छ जसले फोनलाई सजिलै चलाउन सकिन्छ । यी सुविधाकारण फोन ह्याङ हुन पाउँदैनन् ।सात दशमलव एक सेन्टिमिटरको स्क्रिनका राखिएको मोबाइलमा ड्युल सिम राख्न सकिन्छ । यो वाइफाई सर्पोट गर्ने सेट हो । यसमा १६ जिबी मोमरी कार्ड राख्न सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार