फेसबुकले कमाल बढी गर्छ की बबाल ? – कमल बुढा इमान्दार

२०७० माघ १५ गते, बुधबार

यो फेसबुकका बारेमा कति चर्चा गर्ने कति नगर्ने म लेख्न बस्न बितिक्कै अलमलमा त परेकै छु । त्यै यहाँ यसका सबल र दुर्बल पक्षमा केहि भए गरेका घटना संग मेल खाने चर्चा गर्न खोजेको छु । यो फेसबुकले क(कसलाई फाइदा गर्यो क(कसलाई बेफाइदा गर्यो त्यो बाहेक यसले अरु के(के बिगार गरेको छ म त भन्छु । त्यसको रेकर्ड त सायद फेसबुक सन्चालन गर्ने जुके दाइ संग पनि छैन । तर पनि यसले केहि लाइ कमाल नै गरेको छ । होला भने केहिको बेहाल पनि पक्कै गरेको छ । भन्ने कुराको सजिलै अनुमान गर्न सकिन्छ ।
त्यो बेहाल भन्दा बढी त कमाल नै गर्यो होला उदारण दिनै पर्यो भने वरपरका छर छिमेकका आफन्त देश विदेश को(कहा छन कसैलाई अत्तोपत्तो हुदैन थियो पत्तो पाउँन की त फोन हुनु पर्ने हुन्थियो कित कसै संग सन्देश नै दिनु पर्ने यो सब यहि फेसबुकले सजिलो बनाइ दियो सर्च बक्समा गयो नाम टाइप गर्यो एक न एकदिन त पक्कै भेटिन्छ एउटा लाइ भेटि हाल्यो भने उसका लिस्टमा हेर्यो अरु आफन्तलाइ पनी खोजि हाल्यो अनि सब लाइ एसएमएस गर्यो सम्पर्कमा आइहाल्छन । आज भेटेन भने चिन्ता छैन ।
भोली पर्सि त भेटिएला भन्यो आनन्दले बस्यो फोन खर्च गर्नु पर्ने झन्झट पनी भएन । जमानामा तीन(चार कक्षा पढ्दा देखिका साथीभाइ गाउँ घर मेलापात जादाका देखिका आफ्ना पुराना दोस्ती जती सबै लाइ खोजी(खोजी भेटाइ दिईहाल्छ । यही फेसबुकले अझ कोही कोहीका त बच्चै देखिको दुश्मन, स्कुल पढ्दा छुट्टी भैसके पछि स्कुलको चौरमा फाइट पर्ने ।
त्यस पछी अलि ठुलो भयो केटीको विषमा फाइट कोही आफ्नै श्रीमती लैदिने त्यहि बिषयमा दुश्मन बन्ने अझ नेपालको सन्दर्भमा हिजो एकथरी माओबादी एक थरी सरकारबादी भएर लडेका एक अर्काका दुश्मन लाइ पनी यसले कहिले काही कहाँ बाट भेटाएर टुप्लुक्क ल्याईपुर्याउछ र उ पनि उस्तै, दुश्मन हुँ भन्ने कुरा थाहा पाइ(पाइ पनि फ्रेन्ड रिक्वेस्ट पठाइहाल्छ । अनि बनी हाल्छ साथी हैन यो गोरे दाइ साच्च्किकै बुद्दिमान रैछन । भन्या यो भाषा नै त्यस्तो राखे पछी त सत्रु पनी साथी भैहाल्यो नी ।
कोही कोही लाइ अझै पुरानो रिस मरेको रहिन्छ भने यसो हप्काउँन पनी सक्छ । यो कहा बिर्सी सकेको फेरी यो फेसबुकले भेटायो भनेर हप्काउँन थालिहाल्यो भने पनी यहि भाषाले सजिलो बनाइ दिएकै छ । कहा हिजोको कुरा आज नि गर्ने नी साथी हिजोको अर्कै परिवेश थियो बाहिरका कुरा बाहिर हुन्छ आजभोली तिमि हामी त फेसबुक साथि पो भन्यो यसो फकायो काम तमाम त्यत्ती मात्र कहा हो र हजुर सब भन्दा बढी त युवायुवती लाइ नै फाइदा भयो नी भन्या उहिले उहिले जोडी जुराउन बा आमाले केटी खोजीदिनु पर्ने भएन भने उस्तै परे आफन्त नातागोता इस्टमित्र सब लाइ परिचालन गर्नु पर्ने अबस्था थियो ।
आज भोली त हजुर घर गाउ कहा हो केही पत्तो छैन चाहे केटी होस् वा केटा जो भए पनी बिपरित लिंगीय नामको आइडी देख्न बितिक्कै फ्रेन्ड रिक्वेस्ट पठाइ हाल्छ । मान्यो ठिकै छ । मानेन भने एसएमएस गरिहाल्छ त्यत्ति गरेए पनी भएन भने छोड्दिन्छ अर्को लाइ खोज्छ अनि कोही न कोही त भेटी हाल्छ अनि भेटायो गफ गर्यो मान्छे कहाको के त्यसको डिटेल केहि चाहिदैन मायाँ प्रेम बसी हाल्छ अनि कहाँ बा आमामाले भनेको मान्नु मेरो त आफ्नै गर्लफ्रेन्ड ब्वाईफ्रेन्ड छ । भन्छ अनि सबै कुरा त्यही फेसबुक बाट आदान प्रदान गर्छ । आफ्ना बारेमा मन पराउनेहरुले मन पराइ पनि हाल्छन अनि यही बाट भएको चिनजान र मायाँ प्रेम बाट जिबन साथी बनि हाल्छन । बनेका कयौ उदारण नेपालमै पनी छन् ।
अनी भएन त काइदा अरु पनी छन् । कोही हरायो यहि बाट सुचना जारी गर्यो भेटिन पनी सक्छ कही केहि संकट पर्यो बाढी आयो केहि बीपत्ती पर्यो यही बाट सहयोगको लागी अपिल हुन्छ अनि जुट्छ पनी कही घटना घट्यो केही समाचार भेट्यो सक्नेले आफैले बनाएर हाल्छ । नसक्नेले अर्काको सेयर गर्छ त्यही पनी भेटेन भने अनलाइन मिडियामा त पक्कै आउछ । त्यहि भए नी सेयर गर्छ सबैले खबर आदानप्रदान यही बाट गर्छन यसैले मैले भनेको हजुर यसले त कमाल नै बढी गर्यो ।
अब यसको नराम्रो पक्ष भनेको सबै लाइ साथी भन्नु पर्ने रे यसले हाम्रो बाउ बाजेका पालादेखिको नाता पनी बिगार्ने भयो भन्या हुदा हुदा मामा लाइ पनि साथी रे माइजु लाइ पनी साथी आमा बा बाजे बज्यै जो जो आफु भन्दा मान्नेजन पर्छन ति सबै लाई साथी रे कि त कुन कुन नाता पर्छन त्यही नाता अनुसारको रिक्वेस्ट पठाउन मिल्ने बटन बनाएको भए नि हुने हो ।
हुन त हाम्रो भाषा पो नेपाली भएर मामा काका आदी फरक फरक भयो यो बनाउने गोरे दाईको भाषामा त मामा र काका लाइ उस्तै उस्तै भन्छ । जस्तो पनी सुनेको मैले अंकल भन्दियो टन्टइ खलाश उनको भाषा त यस्तो सजिलो छ र पो हामी लाइ यस्तो असजिलो बनाएको यो फेसबुक बनाउने मान्छे त अलि बढी नै पापी पो रैछ भन्या साथी भन्ने सब्दको कती दुरुपयोग गरेको हेर्नु त आजकल त झन यस्तो सम्म भैसक्योकी एकदिन मान्छे भोकै बस्न सक्ला अनिदो पनी बस्न सक्ला नुन नहालेको तरकारी खाँदा पनी फरक नपर्ला तर दिनमा एक पटक फेसबुक चलाएन भने त राति सुत्ने बेलामा के हरायो के पुगेन के पुगेन भन्ने भएर मान्छे लाइ निन्द्रा नै नलाग्ला भन्ने पो भैसक्यो ।
हुन त फेसबुक बढी चलाउदा पनी कहा फाइदा छ र तरकारीमा नुन हाल्न पनी त्यही फेसबुक चलाएर बिर्सेला मान्छेले नुन हाल्न त भुल्ने नै भयो हुदा हुदा खाना खान भुलेर भोकै सुत्न पनी के बेर भन्या । हैन यो फेसबुक सञ्चालकले आफु मात्र धनी भएर अरु सब देशका नागरिकलाइ रोगी गरिब कंगाल बनाउन खोज्यो क्या हो यसका आबिस्कारकले दिमाख चाही लगाएकै हुन वा माने मैले ।
यीनले आफुले प्रगति गरेर अरु सब हामी जस्ता सोझा जनतालाई चाँही बिगारेरै छाड्ने कस्तो योजना बनाएको भन्या बिहानै फेसबुक,दिउसो फेसबुक साझै फेसबुक, गर्ल फ्रेन्ड नहुने लाइ गर्ल फ्रेन्ड बनाउन फेसबुक गर्ल फ्रेन्ड बनाइ सकेका लाइ अझ धेरै फकाउन फेसबुक पुरा फकाएर दुलही बन्न तयार भए पछी घुमघाममा जाने योजना बनाउन पनि फेसबुक घुमेर मात्रै भएन घुम्दा खेरि यसो दुइ चार वटा फोटो खिच्नै पर्यो अनि त्यो फोटो घरमा पुग्न नपाउदै फेसबुकमा हाल्नै पर्यो त्यसका लागी नि फेसबुक त्यहा सम्मको कुरा मात्र भएर काम पुरा भएन फेरी इन्गेजमेन्ट गर्नु बाकी नै छ ।
त्यसका लागी पनी पहिला त जोडीको सल्हा हुनु पर्यो त्यो इन्गेजमेन्टको योजना बनाउनु पर्यो फेरी चाहियो फेसबुक त्यहि बाट जोडीले योजना बनायो अनि बल्ल भन्ने हो घर परिवार लाई अनि हुन्छ इन्गेजमेन्टको चाजोपाजो इन्गेजमेन्ट गर्यो त्यो फोटो हाल्ने ठाउँ त त्यहि फेसबुक नै हो अनि फेरी बेलुका चाहीहाल्यो फेसबुक, यहाँ सम्मको काम त सकियो अब बिबाहा पक्कापक्की भो बिबाह गरीसके पछी पनी एक छिन पनी सुख त कहा छर हजुर सब भन्दा पहिला बिहे भएकै दिनको फोटो हाल्नै पर्यो फेरी चाहियो नै फेसबुक विबाहा सकियो नयाँ दुलाहा दुलहीको संगै बसेको फोटो त छुटाउनु भएन त्यस पछी जाउ ससुराली उता फेरी को को छन् सबैको फोटो लिनै पर्यो हाल्नै पर्यो ससुरालीमा जाँदा ससुरालीमै फेसबुक साला साली सबैको आइडी माग्नै पर्यो बाउ आमाको भने कोही कोहीको नहुन पनि सक्छ त्यहा पनी त्यत्तिको मात्र हैन पल्लो घर माथिल्लो घर सब तिरका आइडी सबै बटुलेर बेलुका एड गर्नै पर्यो यो फेसबुक चलाउन पाएपछि काम गर्न के को मन लाग्थ्यो र रु काम गरी राकैछ भने पनी आजभोली त मोवाइलमै च्याट म्यासेन्जर डाउनलोड गर्यो अनलाइन राखिराख्यो एसएमएस आउछ ट्याक्क घन्टी बज्छ । एकछिन हेर्नै पर्यो अनि त्यो काम अलि पर सर्ने नै भयो ।
यो फेसबुक चलाउन पाएन् भने फेरि जड्यालाई जाड़को तलतल लाग्या जस्तो, पूरा दिमाग नै उतै तिर गएर गर्न लागेको काम पनी अलिअलि बिग्रिने नै भयो । कसै कसैको त आफ्नो पल्लो घरको छिमेकी दाइसँग भेट नभाको महिनौ भैसक्यो होला, तर त्यो सात समुन्द्र पारि अमेरिका, युरोपतिर बस्ने साथीहरुसंग दिनहु च्याट, त्यो पनि भिडियो हेर्दै ।
अच्चम्म भइगयो नि अब नेपाल जस्तो गरिब मुलुकमा फेसबुकको आगमन भए पछी बाँकी जिन्दगी त यसै गरेर कम्पुटरमै बित्ला जस्तो छ । यती मात्र हैन फेसबुक बाटै लभ परेर विबाहा गरेकाको त बरु ठिकै होला यो फेसबुकको स्वाद चाख्न नपाएकाको त झन् के भन्नु न भएको जोडी नै बिग्रेला भन्ने डर बुढाले लुकेर अर्को केटी संग च्याट गरीराको हुन्छ बुढीले नि लुकेर अर्कै केटा संग च्याट गरी राको हुन्छ कहिले काही त कस्तो भने नी दुवै जनाले नक्कली आइडी बनाएर केटा केटी खोजिराको हुन्छ । अनि च्याटमा त्यही मान्छे एक आपसमा भेटिन्छन हुदा हुदा भेटघाटको समय मिलाइएको हुन्छ । भेट्न गयो त्यहा भने आफ्नै बुढा बुढी त्यही झगडा पर्ने कत्तिको त यस्तै कारणले डीभोस नै हुन सक्छ ।
हरे बा दिन पनी कत्ति दुख दियको भन्या जुके दाइले तिनी पनी त्यहि भएर होलाकी सबैको गाली खाइ खाई पातला भएका उहिले उहिले याहुको च्याट म्यासेन्जर बाट कुराकानी गर्नेहरु च्याट त गर्थे तर यो कम्प्युटरको भर्चुअल दुनियाँमा पनि कसैले बिश्वास गर्छरु बेकार समयको बर्बादी, भनेर उल्टै चलाउने लाइ पनी मन मरेर भुतुक्कै हुने बनाई दिन्थे ।
आजकाल त्यस्तो भन्नेहरु पनि त्यहिँ फेसबुक चलाएर दिन बिताउन थालिसकेका छन् । नेपाली हरु पनी के कम बिदेशी गोराहरुले बनाएको अंग्रेजी साइटमा नेपालीमा बढो साहित्यिक पाराले लेखी हाल्छन हामी नेपाली नै भएकाले होला आफ्नै भाषामा लेखिएका भावनाहरुमा छुट्टै मिठास पाइन्छ । नेपाली भाषामा केहि यस्ता मिठा शब्दहरु छन् जुन शब्दहरु अरु भाषामा भेटाउन गाह्रो पर्छ र जस्ले एउटा आफ्नैपनको आभाष पनि दिन्छ स्वादै अर्कै भन्या । आफ्नो नेपालीपनको अनुभव गर्दै चलाउन पाएपछि हामी नेपालीलाई अरु के नै चाहियो र रु आफ्नै बारीको मुला खाए जस्तो ।
पहिले पहिले धेरैजसो साथीहरुले इंग्लिशमा आफ्ना स्ट्याटसहरु अपडेट गर्थे र कतिले त नेपालीमा लेख्नेहरुलाई घटिया जस्तो ठान्ने, नजानेर नलेख्या जस्तो गर्थे । तर अहिले ठिक उल्टो हुदै गएको छ । नेपाली भाषामा लेख्नेहरुले नेपालीको मन बढी नै जित्दै गएको पाइन्छ । फेसबुकमा स्ट्याटस अपडेट गर्नु पनि एक प्रकारको कला नै हो, कस्ले धेरै लाइक र कमेन्ट पाउने भन्ने होडबाजी नै चलेको हुन्छ यँहा । मेरो अनुभवमा, एउटा साधारण व्यक्तिका लागि इंग्लिशमा लेख्नु भन्दा पनि नेपलीमा लेख्नु ठूलो चुनौती हुन्छ जस्तो लाग्छ ।
पहिलो कुरा त प्राविधिक समस्या कसरि लेख्ने नेपालीमा रु त्यो माइक्रोसफ्ट वोर्डमा प्रिती, कान्तिपुर जस्ता नेपाली फन्टमा लेखेका कुरा सिधै हाल्न नमिल्ने, युनिकोड नै चाहिने । र ति फन्ट मै लेख्न मिले पनि कत्ति नै सजिला छन् र रु अब कुरा आयो युनिकोडको, धेरै जसोको लागि त अब त्यो कहाँ बाट ल्याउने र कसरि लेख्ने ठूलो झन्झट, बरु रोमनमा लेख्यो ढुक्कै१ अनि अर्को जटिल समस्या, भाषागत शुद्दता । मिठो नेपाली बोल्न जानेको छु भन्दैमा त्यसलाई लेखाइमा उतार्न नसकिने, कहिले काही त ह्रस्व(दीर्घले गर्दा अर्थ नै अर्कै भइदिने ।
जे होस् आजकल फेसबुकमा नेपालीमै लेख्न चाहने हरुका लागी गूगलले युनिकोर्ड नेपाली टूल्स भन्ने सफ्टवयर बनाइदिएको छ त्यसलाई डाउनलोड गर्यो आफ्नो कम्प्युटरमा इन्स्टल गर्यो बस नेपालीमै लेख्यो नेपालीमै च्याट गर्यो मलाइ त यही सजिलो लागेको छ तपाईहरु लाइ नी अब यसका अलवा सामाजिक सञ्जाल टुइटर गुगल प्लस आदी पनी छन् यस्तै यस्तै अरुको चर्चा अर्को अंकमा गरौला की ?? – लेखक : सञ्चार केन्द्र डटकमका सम्पादक हुन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार