सुबिसु क्यान इन्फोटेक २०१४’ यहि १८ गतेवाट

२०७० पुष १२ गते, शुक्रबार


काठमाडौं, – सूचना–प्रविधि क्षेत्रको सबैभन्दा ठूलो मेला ‘सुबिसु क्यान इन्फोटेक–२०१४’ यहि १८ गतेवाट सुरु हुने भएको छ । कप्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गर्ने मेला ६ दिनसम्म भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा सञ्चालन हुनेछ । यस वर्षको सूचना–प्रविधि प्रदर्शनी क्यान इन्फोटेकको २० औं संस्करण हो ।सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ उपलब्धिको प्रदर्शनी गर्ने र सम्बद्ध क्षेत्रको विस्तारका लागि आवश्यक रणनीति निर्माण गर्ने काममा इन्फोटेक सार्थक बन्ने आयोजकको अपेक्षा छ ।आयोजक क्यानका अध्यक्ष विनोद ढकालले सूचना–प्रविधि क्षेत्रको दायरा अझ फराकिलो पार्न क्यानलाई छिट्टै महासंघमा परिणत गर्न दर्ता प्रक्रिया सुरु भएको बताए । इन्फोटेकमा मुख्य हल, ब्रान्डिङ प्रदर्शनी कक्ष, ओपन स्पेस र फुड स्टलमा गरी २ सय २१ स्टल रहनेछन् ।मेलामा हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सलुसन, मोबाइल एक्सेसरिज, डिलर र वितरक, इन्टरनेट सेवाप्रदायक, टेलिकम कम्पनी, आईसीटी कलेजलगायतका १ सय १९ वटा कम्पनी सहभागाी हुने क्यानका महासचिव अमृतकुमार पन्तले जानकारी दिए ।क्यानले मेला अवलोकनका लागि सर्वसाधारणलाई १ सय रुपैयाँ टिकट शुल्क तोकेको छ । विद्यार्थीका लागि ५० रुपैयाँ र अनलाइन टिकट खरिदकर्ताका लागि २५ प्रतिशत छुट दिइने आयोजकले जनाएको छ ।
यस पटकको क्यान इन्फोटेकमा सुबिसु केवलनेटको फाइबर इन्टरनेट नयाँ योजना आउने भएको छ ।इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु केवलनेटले रिटेल ग्राहकलाई लक्षित गरेर केवल इन्टरनेटमा नयाँ योजना ल्याउने बताएको छ । हालसम्म ठूला व्यापारिक घरानालक्षित अप्टिकल फाइबर इन्टरनेट सेवा दिइरहेको कम्पनीले अब घरेलु प्रयोजनका लागि पहुँच पु¥याउने प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले बताए ।
यसैगरी नियोटेरिक नेपालले युवा विद्यार्थीलाई लक्षित गरेर १० बाइ ७ इन्चको एन्ड्रोइड ट्याब्लेट ‘नियो ट्याब्लेट’ ल्याउने भएको छ । डेल ब्रान्डका चौथो पुस्ताका टचस्क्रिन ल्यापटपहरू बोन्साइ ३००० सेरिज, हार्डली ७००० सेरिज, एक्सपिएस १२ र नोकिया लुमिया सेरिजका लुमिया ६२५ र लुमिया ६२० मोबाइल प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ । फ्याब्लेट, स्कुलको पाठ्यक्रममा आधारित एचसीएल ब्रान्डका ‘माइ एडु वल्र्ड ड्राइभ’लगायतका अन्य नयाँ संस्करण पनि यो मेलामा हुनेछन् ।साथै सामसुङले स्मार्टफोनका विभिन्न सेरिज प्रदर्शनीमा राख्ने भएको छ । सामसुङले बजारमा आउन लागेको ग्यालेक्सी एस डुओस टु, सामुुुुसुङ ग्यालेक्सी एस फोर र नोट थ्री मोबाइल प्रदर्शनीमा राख्नेछ । ४ इन्च डिस्प्ले, १ गिगाहर्ज डुवल कोर प्रोसेसर, ४ जीबी इन्टरनल मेमेरी र २ वटा सिमकार्ड लाग्ने मोबाइल आकर्षक मूल्यमा उपलब्ध गराइने कम्पनीले बताएको छ ।

यसगरी कलर्स मोबाइलका लागि नेपालको आधिकारिक विक्रेता टेलिटक प्रालिले इन्फोटेकमा बजारमा आउन लागेको एस फ्याक्टर एक्सटी ७२२ ट्याब्लेट प्रर्दशनीमा राख्नेछ । मल्टिमिडिया वायरलेस फोन, लाइफस्टाइल एन्ड टच सेरिज, एन्ड्रोइड स्मार्टफोन सेरिजलगायत नयाँ–नयाँ सस्करण मेलामा राखिने कम्पनीले जनाएको छ भने माया एनिमेसनले मेला अवलोकनकर्ताका लागि ६ महिनादेखि २ वर्षसम्मका एनिमेसनसम्बन्धी तालिम दिने भएको छ । कम्पनीले डिप्लोमा इन डिजिटल एनिमेसन एन्ड भिजुअल इफेक्ट, एडभान्स डिप्लोमा इन थ्रीडी एनिमेसन, भिजुअल इफेक्ट एन्ड गेम डिजाइन, डिप्लोमा इन डिजाइन तथा मल्टिमिडियालगायत कोर्स मेलामा अपर गर्नेछ । थ्रीडी सिनेमा बनाउने तरिकाबारे पनि मेलामा सामान्य जानकारी दिइनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार