सजिलो र सुरक्षित ब्लुबुक आउँदै

२०७० पुष ९ गते, मंगलवार


काठमाडौं, ९ पुष—यातायात व्यवस्था विभागले गोजीमा सजिलै बोक्न मिल्ने साइजको सजिलो र सुरक्षित ब्लुबुक ल्याउँदैछ । अहिलेको ब्लुबुक (९ सेमी चौडाइ १२ सेमी लम्बाइ) गोजीमा सजिलै राख्न नमिल्ने र असुरक्षित भन्दै ८ सेमी चौडाइ र १० सेमी लम्बाइको नयाँ र सुरक्षित ब्लुबुक ल्याउन लागिएको हो।
३२ पन्ना रहेको २ सय ५० ग्राम तौलको यो ब्लुबुकमा चार प्रकारको सुरक्षा घेरा रहनेछ । ‘यो विगतको तुलनामा सानो र सुरक्षित छ,’ विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले भने, ‘यो प्रिन्ट भएर आउँदैछ, दुईचार दिनमै सम्बन्धित कार्यालयमा पठाउनेछौं।’नयाँ ब्लुबुक सुरक्षाका विभिन्न उपाय अपनाएकाले यसको नक्कल गर्न नमिल्ने विभागले जनाएको छ । आर्ट बोर्ड पेपरमा प्रिन्ट हुने भएकाले यो बलियोसमेत रहने उनले बताए । यसमा रहेको पानी छाप, नेपाल सरकारको लोगो तथा अन्य सेक्युरिटी लाइनको गोप्य डिजाइन गरिएको ढकालले बताए । ‘यो ब्लुबुक नेपालमै एक गोप्य स्थानमा प्रिन्ट गरिएको हो,’ उनले भने, ‘यसको डुप्लिकेट त्यही ठाउँमा बाहेक अन्त बन्न सक्दैन ।’ ब्लुबुकका पानाहरुमा समेत गोप्य संकेत राखिएको उनले बताए । ब्लुबुक दुवैतर्फ लेमिनेसन गरिएकाले यो पानीबाट समेत जोगिने उनले बताए ।अब आउने ब्लुबुकले सवारी चोरीको घटनामा कमी ल्याउने ट्राफिक प्रहरीको विश्वास छ । सुरक्षाका विभिन्न उपाय अपनाएकाले ब्लुबुक नक्कल गर्न नमिल्ने र चोरीका घटनामा कमी आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले बताए । ‘यो सजिलो र सुरक्षित देखिन्छ,’ उनले भने, ‘यसबाट सवारीसाधन चोरीका घटनामा कमी आउनेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार