चैत्र १ को घटना वैदेशिक हस्तक्षेपको पराकाष्ठा हो – कुलप्रसाद केसी ‘सोनाम’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०७० जेष्ठ २५ गते, शनिबार

सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको बताएको छ, के भन्नुहुन्छ –
निर्वाचनको मिति तोक्ने नतोक्ने भन्ने अहिलेको प्रमुख मुद्दा होइन, अहिले. नेपालको राजनीतिक स्थायित्व कायम गर्ने कुरा प्रमुख हो । जनतालाई नयाँ संविधान कस्तो दिने भन्नेमा पहिले विश्वस्त हुनुपर्छ । पछिल्लो संविधानसभा विघटनदेखिको विषयमा नयाँ संश्लेषण नगरेर गरिने नियमित प्रक्रिया पुर्याउन गरिने निर्वाचनले खास कुनै अर्थ, महत्व र आकर्षा जनतामा राख्दैन । राजनीतिक रूपमा पनि कठ्पुतली संयन्त्रको रूपमा आएकोले यसको नेपाली जनतालाई कुनै पनि उत्साह प्रदान गरेको छैन । त्यसैले अहिले सरकारले निर्वाचनको मिति तोक्ने र नेतोक्नेमा जनताको कुनै सरोकार छैन ।
० तपाईंहरूले दल दर्ता पनि गराउनु भएन सरकारले पनि तपाईंहरूलाई बाईपास गरिरहेको छ, कसरी अगाडि बढ्नुहुन्छ –
यो केही सीमित दलले बनाएको सरकार हो । चार दलको राजनीतिक एकाधिकारबाट बनेको यो सरकार आफैँ अवैधानिक छ । त्यसकारण यो सरकारले अपिल गरेर दल दर्ता गर्ने नगर्नेसँग कुनै सरोकारको विषय नै होइन । किनकि राजनीतिक मुद्दा एक ठाउँमा राखेर केही मान्छेलाई सरकारमा पठाएर चुनावको संयन्त्र बनाएर त्यसले अपिल गर्ने बित्तिकै देशका सबै मानिस हिँड्नुपर्छ भन्ने कुनै कारण छैन । चैत १ गते भयानक प्रतिगमन भयो । यो प्रतिगमनका विरुद्धमा प्रतिगमन हो भन्न मिल्न सक्ने ताकतहरू र राष्ट्रिय स्वाधीनतावादी शक्तिहरू एक ठाउँमा उभिएर लड्नुपर्ने समय आएको छ । चैत १ को घटना वैदेशिक हस्तक्षेपको पराकाष्ठा हो । त्यसैले प्रतिगमनबाट बनेको सरकारले दल दर्ताको आहृवान गर्ने बित्तिकै दौडिहालनुपर्छ भन्ने कुरा गलत हो ।
० तपाईंहरू प्रतिगमन भयो भन्नुहुन्छ, आन्दोलनको कुरा गर्नुहुन्छ तर सशक्तरूपमा आउन सक्नुभएको छैन कि –
सशक्त र अशक्त भन्ने त घटनाक्रमले पुष्टि गर्ने कुरा हो । जसरी ६२/६३ अगाडिको स्थितिमा नेपालमा राजनीतिक पार्टीको उपस्थिति नै थिएन, माओवादी र सरकार मात्र थियो । काँग्रेस र एमाले भन्ने पार्टीेखिन्थ्यो र त्यसका नेताहरू सडकमा घिसारिन्थे, घरमा नजरबन्द थिए । मानिसहरूसँग कुनै सरकार थिएन । तर, घटनाक्रमले यस्तो बनाइदियो, जनता स्वभाविकरूपमा ठूलो धक्काको रूपमा उपस्थिति भए । त्यसको लागि एकडेढ वर्षलागेको थियो । त्यसको तुलनामा हर्ेर्ने हो भने यो २-३ महिनामा भएका सम्पूण् उथलपुथल, प्रतिगमन, खिलराजबाट, जनआन्दोलन दबाउने लोकमान प्रकरणमा आउँदा कस्तो भन्छ, यो देशमा लोकतन्त्र छ भनेर । यी दलहरूले लोकतन्त्रको निम्ति सही काम गरे भनेर तिनका एकाध मुठ्ठीभरका मानिसबाहेक अरु कसैले भन्न सक्छ – ती केही दलका सीमित व्यक्तिहरूले त आत्मरति गर्न सक्लान् तर देशका स्वाभिमानी न्यायप्रेमी र देशभक्त जनताले कहिल्यै पनि यसलाई स्वीकार्दैनन् ।
० तपाईंहरूले महाधिवेशनबाट जनयुद्धको जगमा जनव्रि्रोह गर्ने उद्घोष गर्नुभएको थियो, त्यसको निम्ति के-के गर्दै हुनुहुन्छ –
जनव्रि्रोहको आवश्यक तयारी, जनआन्दोलनको आवश्यकीय तयारी र जनतालाई सचेत बनाउने तयारी भई नै रहेको छ । हामीले महाधिवेशनबाट लिएको कार्यदिशा अपरिहार्य थियो र अनिवार्य बन्दै आएको छ । एकपछि अर्को अटनाक्रमहरूले एकपछि अर्को राष्ट्रिय आत्मर्समर्पणवाद र राष्ट्रघातको विकास भएको छ, यसले त्यसको पुष्टि गर्दछ । नेपाललाई नयाँ फिजीकरण र नयाँ सिक्किमीकरण बनाउन आधुनिक प्रयोग गरिँदैछ । यसको विरुद्ध नेपाली जनताले स्वाधीनताको निम्ति एउटा व्रि्रोहात्मक आन्दोलनबाहेक अर्को विकल्प छैन । यो हाम्रो महाधिवेशनको ठम्याई र कदम वैज्ञानिक र सही थियो भन्ने अहिले आएर पुष्टि भएको छ ।
० तर, यस विषयमा पार्टीभीत्रै मतभेद छ भनिन्छ नि –
यो सत्य होइन । केही मानिसहरूले सचेत ढङ्गले आफ्नो पक्षमा विचार व्यक्त गर्नु फरक कुरा हो । महाधिवेशनभन्दा सर्वोपरि कोही हुन सक्दैन । महाधिवेशनको यो कार्यदिशा कार्यान्वयन गराउने शृंखला पूरा भएको छैन । यस विषयमा यो वा त्यो रूपमा टिप्पणी गर्ने समय भएको छैन । यस विषयमा टिप्पणी गर्नु भनेको अवसरवादिता र पलायन हुने संकेत मात्र हो ।
० तपाईंहरू जनतालाई मुक्ति दिलाउँछ त भन्नुहुन्छ तर कसरी – प्रष्ट पारिदिनुस् न –
नेपालको सर्न्दर्भमा अहिले तीनवटा विषयहरू प्रमुख छन्, राष्ट्रिय स्वाधीनता, जनतन्त्रको ग्यारेन्टी, जनजीविकाको सुनिश्चितता छ । यी तीन कुराको लागि सम्पूण्, शक्तिको केन्द्रिकरण जरुरी छ । यसलाई आन्दोलनबाट मात्र स्थापित गर्न सकिन्छ । नेपालमा थाती रहेको अर्धसामन्ती र नवऔपनिवेशिक राजनीतिक अवस्थालाई पूण् रूपान्तरण गर्न जरुरी छ ।
० वर्तमान संकटबाट तत्काल निकास पाउन पार्टीले के सोचेको छ –
चैत १ गतेलगायतका सम्पूण् प्रतिगमनकारी कामको खारेजी हुनुपर्छ भन्नेहरूको बीचमा एउटा संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्छ । प्रतिगमनतिर उन्मुख दलहरूले पनि एक पटक पुनः सोचेर सच्चिन तयार हुनुपर्छ । यसका निम्ति कि आन्दोलन कि सहमति उनीहरूले के रोज्ने हो, प्रस्ट हुनुपर्छ । आन्दोलनकारी शक्तिहरूले आफ्नो आन्दोलनलाई सत्ता परिवर्तनसम्म लैजानको निम्ति सुदृढ गर्दै, जनतालाई गोलबद्ध गर्दै देशव्यापी बनाउनतिर लाग्नर्ुपर्छ । हामी त्यसैको तयारीमा जुटिरहेका छौँ । अहिले स्वाधीन र दलालहरूबीच मोर्चा बन्ने क्रम चलिरहेको छ । लोकतन्त्रको नाममा आयातित लोकतन्त्र वा स्वाभिमानपूण् लोकतन्त्र भन्ने प्रश्न खडा भएको छ । केही कथित दलका शीष् नेता भन्ने जो असफल भइसके, नेपाली जनताबाट तिरस्कृत भएका छन् । तिनीहरूले जुन स्याल हुइँया मच्चाइरहेका छन् । यसमा आमजनता र देशभक्त नागरिकहरूले आपत्ति जनाइरहेका छन् ।
० भनेपछि तपाईंहरूले भनेजस्तै जनव्रि्रोहको निम्ति अनुकूल स्थिति बन्दैछ –
ठीक हो, अहिले हामीहरूले भनेजस्तै वस्तुस्थिति बन्दै गएको छ । अब नेपाली जनताले यो रणनैतिक समस्या हल गर्न, नयाँ नेपाल बनाउन, नयाँ संविधान बनाउन र दलालहरूलाई विस्थापित गर्न उपयुक्त अवसर आएको छ । नेपाली जनता यो अवसरबाट पछि हटे भने ठूलो दुगति आइलाग्नेछ ।
० यसको निम्ति त ठूलै धक्काको आवश्यकता पर्छ, कस्तो तयारी गर्नुभएको छ –
यसको निम्ति व्यापक जनपरिचालन गर्ने तयारी भइरहेको छ । जनताको बीचमा यी प्रतिगमनकारीहरूको कुकार्यको भण्डाफोर गर्नु यिनीहरूको दलालीकरणको पराकाष्ठाको रूपहरू जनतासमक्ष उदाङ्गो पार्दै र जनतासँग एकाकार हुँदै हामी उपयुक्त बेला, उपयुक्त मौसममा एउटा भीमकाय आन्दोलनद्वारा ऐतिहासिक राष्ट्रिय स्वाधीनता कायम गर्र्छौं । अब यी दलहरूसँग रुमलिएर संविधानसभा भवन वरिपरी रुमल्लिएर अग्रगमन सम्भव छैन । त्यो चरण समाप्त भइसकेको छ । अब नयाँ बहस नयाँ विश्लेषणको आवश्यकता छ । त्यसैले अब सफल आन्दोलन गरेर सफल व्यवस्थाको खोजीमा लग्नुपर्ने समय आएको छ, यसको विकल्प छैन ।
० अन्त्यमा केही भन्न चाहुनुहुन्छ –
देशमा दुइवटा मोर्चा खुलेको छ । एउटा कथित संविधानसभाको कभरभित्र गरिएको निर्वाचनको नाटकलाई जादू बनाउने शक्ति छ । जसले देशलाई कमजोर बनाउने कार्य गर्दैछ । लोकतन्त्रको कभरेजमा लुकेको राष्ट्रघातीहरू, देशद्रोही र दलालहरू मुख्य नेताको रूपमा उदय भए यिनको पतनसँग नेपाली जनताको भविष्य जोडिएको छ । यसको निम्ति नेपाली जनताले सोच्नुपर्ने समय आएको छ । यतिबेला व्याप्त राजनीतिक वितृष्णा जुन छ, त्यो यिनै दलाल नेताहरूको कारणले भएको हो । यिनीहरूकै कारण राजनीति भनेको फोहरी र दलाल बन्नको निम्ति गर्ने खेल हो भन्ने विषय बनेको छ । यो नकारात्मक सबकबाट सकारात्मक सबकमा बदल्न नेकपा-माओवादी अन्तिम क्षणमा संर्घष्ारत रहन्छ । यसमा सबै स्वाभिमानी नेपाली जनताको साथ र सहयोग चाहिन्छ भन्ने अपिल गर्न चाहन्छु ।

प्रतिक्रियाहरु