दल दर्ताको औचित्य छैन – नेत्रविक्रम चन्द ‘विप्लव’, सचिव, नेकपा-माओवादी

२०७० जेष्ठ ११ गते, शनिबार

० निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ, तपाईंहरूले दल दर्ता गराउनु भएको छैन, किन ?
अहिले दल दर्ताको औचित्य नै छैन । खिलराज सरकार नै अवैधानिक परिणाम हो । पार्टीले राखेका जनयुद्धकालीन एजेण्डाहरूको बहस नगरेर सहमति नगरेर अरु कार्यहरू गर्नुको कुनै औचित्य छैन । त्यसकारण हामीले दल दर्ता नगराएका हौँ ।
० सरकारले तपाईंहरूलाई वार्तामा बोलाएको छ, वार्तामा पनि जानु भएको छैन किन ?
अहिले वार्ता गर्नु भनेको दलहरूसँग हो, सरकारसँग होइन । जनयुद्धकालमा वार्ता गरेर जसरी हामी शान्ति प्रक्रियामा आयौँ, अहिले तिनै शक्तिसँग वार्ता गर्ने हो । तिनीहरूले हामीसँग जुन सहमतिको प्रतिबद्धता गरेका थिए, त्यो पूरा गर्ने कि नगर्ने भन्ने विषयमा वार्ता गर्ने हो ।
० निकासचाहिँ कसरी त ?
माओवादीको जनयुद्धकालीन प्रस्तावहरूको बारेमा सहमति गरेर मात्रै निकास निस्कन्छ ।
० तपाईंहरू अग्रगमन भन्नुहुन्छ, देश प्रतिगमनतिर गइरहेको छ । दल बाहिरका व्यक्ति प्रधानमन्त्री बनेका छन्, जनआन्दोलनका दोषी अख्तियार प्रमुख बनेका छन्, कसरी अगाडि बढ्नुहुन्छ ?
यो जनताको कुरा होइन, हाम्रो पार्टीको कुरा पनि होइन । यो त संसद्वादी दलहरूको अक्षमता र असफलताको परिणाम हो । यसको जवाफ उनीहरूले दिनैपर्छ । हामी त अग्रगमन चाहन्छौँ, परिवर्तन चाहन्छौँ, जनतालाई अधिकार र राष्ट्रलाई स्वाधीनता दिनर्ुपर्छ भन्नेहरू हौँ । हाम्रो पार्टीको चाहना यही हो । हामी यो एजेण्डालाई छोड्ने पक्षमा छैनौँ ।
० तपाईंहरूले जतिसुकै अग्रगमनका कुरा गरे पनि प्रतिगमन भई नै रहेको छ, रोक्नेचाहिँ कसरी ?
यस्तो त राजनीतिमा भई नै रहन्छ । राजनीतिमा अग्रगमन र पश्चगमनको बहस हुन्छ, संर्घष हुन्छ र अगाडि बढ्छ । क्रान्ति हुन्छ, प्रतिक्रान्तिको खतरा आर्इपर्छ, त्यसलाई रोक्नुपर्छ । त्यस्तै स्वाधीनता र आत्मर्समर्पणको लडाइँ पनि चलिरहन्छ । यसकै बीचबाट राजनीतिक आन्दोलन गतिशील बन्छ, अग्रगमनतिर जान्छ, परिवर्तनलाई सम्भव तुल्याउने हो र त्यो नेपालमा सम्भव छ, हामी यो गरेर छाड्छौँ ।
० यसको लागि जनताले कहिलेसम्म पर्खिराख्ने ?
जनताले पर्खिनेभन्दा पनि आफ्नो भूमिकालाई माथि उठाउने हो । अरु कसैले गर्दिने कुरा होइन । यो त पार्टी जनताबीचको एउटा सौहार्दपूण् एकता, दृढता र र्समर्पणबाट परिवर्तनलाई र्सार्थक तुल्याउने कुरा हो । त्यसकारण जनताको सहभागिता क्रमशः बढ्दै गएको छ, बढ्ने क्रम जारी छ । हामीले के देखेका छौँ भने जुन तत्वले अहिले षड्यन्त्र गर्दैछन्, पश्चिमगनतिर धकेल्दैछन्, एक दिन तिनीहरू परास्त हुनेछन्, यसमा कुनै शंका छैन ।
० चार दल र सरकार मंसिरमा चुनाव गर्ने भनेर लागिपरेका छन्, सम्भावना देख्नुहुन्छ ?
यस विषयमा हामीले पटक-पटक पार्टीको धारणा र्सार्वजनिक गरिसकेका छौँ । सहमतिबिनाको अर्थहीन र औचित्यहीन चुनावमा जनता सहभागिता हुँदैनन् । जुन कुरा अहिले नै प्रस्ट भइसकेको छ । यदि जबर्जस्ती चुनाव लादियो भने त्यो चुनाव सहमतिको बाधक, अग्रगमनको बाधक, जनताको अधिकारलाई हनन् गर्ने किसिमको हुन्छ । यो एउटा पुरानै र्ढराको व्यवस्था लाद्ने षड्यन्त्रको रूपमा आउँछ । जुन कुरालाई न हाम्रो पार्टीी, न जनताले नै स्वीकार्नेछन्, त्यसकारण यो सम्भव छैन ।
० तपाईंकै पार्टीभीत्र पनि केही नेताहरू चुनावमा जानुपर्छ, भाग लिनुपर्छ भनिरहेका छन् भन्ने प्रचारमा आएको छ, वास्तविकता के हो ?
यो कुरा सत्य होइन । हामी भर्खरै पोलिटब्युरोको बैठक बस्यौँ, केन्द्रीय समितिको बैठक बस्यौँ, पदाधिकारीको बैठक बस्यौँ र एकमतले यो चुनाव होइन, यो षड्यन्त्र हो भन्ने पास गरेका छौँ र जनताको विरुद्धमा आउने षड्यन्त्रलाई, जनताको अधिकारलाई थुनछेक गरेर जनतालाई उत्पीडन गर्ने गरी ल्याइने चुनाव मान्य हुँदैन । त्यसैलाई जनताले प्रतिरोध गर्छन् भनेर हामीले प्रस्ट पारिसकेको छौँ, पार्टीको अधिकारिक धारणा यही हो ।
० चुनावलाई बिथोल्न तपाईंहरू युवाहरूलाई तालिम दिँदै हुनुहुन्छ भन्ने चर्चा छ, यथार्थता के हो ?
यो कुरा सत्य होइन, यो बढाइ-चर्ढाई हाम्रो विरुद्धमा गरिएको दुष्प्रचार र षड्यन्त्र हो । यो हाम्रो राजनीतिक प्रस्तावहरूलाई ओझेलमा पारेर प्राविधिक कुरालाई बाहिर ल्याएर भ्रम सिर्जना गर्न खोजिएको विषय हो । तर, योसँगै के पनि जोडिएको छ भने यदि प्रतिक्रियावादीहरू, दलालहरू, विदेशी शक्तिकेन्द्रहरू हाम्रो जनतामाथि षड्यन्त्रपूण ढङ्गले युद्ध लाद्न चाहन्छन्, हमला गर्न चाहन्छन् भने त्यसको प्रतिरोधको निम्ति युवाहरूलाई तालिम आवश्यक परिहाल्छ नि । तर, अहिल्यै नै हामीले त्यो कुरा गरेका छैनौँ ।
० भनेपछि जनताको मुक्तिको लागि फेरि एक पटक संर्घषमा होमिने तयारी गर्दै हुनुहुन्छ ?
हो, यो निश्चितरूपमै सही हो । हामीले प्रस्ट भनेका छौँ । प्रचण्डसँगको सम्बन्ध विच्छेद पनि हाम्रो राजनीतिक सम्बन्ध विच्छेद नै हो । हामीले उहाँहरूले जनताको प्रस्ताव छोड्नुभयो, अग्रगामी धार छाड्नुभयो, जनताको अधिकारहरूलाई सुनिश्चित गर्ने लडाइँबाट भाग्नुभयो भनेर नै हामीले पार्टी लग बनाएका हौँ । अहिले पनि हाम्रो प्रस्ट दृष्टिकोण यही छ । यो पार्टीको औचित्य भनेको राष्ट्रलाई स्वाधीन बनाउने, जनतालाई अधिकार सम्पन्न बनाउने हो । हामी त्यसको निम्ति संर्घष् गरिरहन्छौँ ।
० अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अहिले स्थिति अनुकूल बन्दै गएको छ । क्रमशः निराशा र आशंकाका बादलहरू फाट्न थालेका छन् । माओवादीको भरोसा जनताले चाहेका छन् । हाम्रो पार्टीको विश्वास नागरिकहरूमा र जनतामा बढ्दै गएको छ । हामी यसको नेतृत्व गर्दै देश र जनतालाई मुक्त गर्न प्रतिबद्ध छौँ ।

प्रतिक्रियाहरु