फागुन ८ गते नेपाल बन्दफागुन ८ गते नेपाल बन्द

२०६९ माघ २८ गते, आईतवार

काठमाडौ ।नेकपा-माओवादीले पूर्वघोषित  नेपाल बन्द फिर्ता लिदै आगामी फागुन ८ गते बन्दको आहृवान गरेको छ । जनताको सामाजिक संस्कारसग सम्बन्धित विषयमा ध्यान दिादै माओवादीले बन्दको मिति सारेको बताएको छ । यसबीचमा विभिन्न चाडपर्व विवाहको लगनलगायत परेकाले जनताको अनुरोधमा सार्नुपरेको उक्त पार्टीले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । शान्तिसम्झौताको पूर्ण पालना, जनयुद्धकालीन मुद्दाको पूर्णरुपमा खारेजीको माग गर्दै बन्द आहृवान गरिएको माओवादीले बताएको छ । पछिल्लो समय जनयुद्धकालीन मुद्दा एकातर्फीरुपमा ब्युाताउादै माओवादीलाई घेराबन्दीमा पार्न खोजेपछि त्यसविरुद्ध उसले बन्द घोषणा गरेको हो । यसैगरी, जनयुद्ध दिवसको अवसर पारेर माघ २९ गते नेकपा-माओवादीका शीर्ष नेताहरु रोल्पा पुगेका छन्। रोल्पामा हुने कार्यक्रममा नेकपा – माओवादीका अध्यक्ष, मोहन वैद्य ‘किरण’, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’ सचिवद्वय नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु