विप्लब- वैद्य सम्बन्धविच्छेद

२०७१ मंसिर ९ गते, मंगलवार


काठमाडौं । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले पार्टी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापासँग सम्बन्धविच्छेद भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै आएका विप्लबले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।क्रान्ति अधुरो रहेको भन्दै उनले पुनः क्रान्तिमार्फत् नै अघि बढ्नुपर्ने निष्कर्षसहित पार्टी नेतृत्वसँग सम्बन्धविच्छेद गरेको घोषणा गरेका हुन् । क्रान्ति अघि बढाउने विषयलाई पार्टी नेतृत्वले रोक्ने चालबाजी गरेको विप्लबको आरोप छ । केही दिनअघि कपिलवस्तुमा आफ्नो समूहको भेला गरेका विप्लब नेकपा–माओवादीको आइतबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।
उक्त बैठकमा माओवादी अध्यक्ष मोहन वैद्यले पार्टी अनुशासनमा बस्न नसक्नेहरुलाई पार्टी छाडेर जान चेतावनी दिएपछि चन्द समूह सोमबार केही समय मात्रै बैठकमा सहभागी भएर निस्केको बताइएको छ । विप्लब पक्षले आप्नो समूहको भेला गरेर नयाँ कार्यक्रम तय गर्ने बताएको छ ।
किरण नेतृत्वसँग सम्बन्धविच्छेद गरेको घोषणा गर्दै नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ‘हाम्रो पार्टीीेकपा-माओवादीमा लामो समयदेखि वैचारिक बहस चल्दै आएको र्सवविदितै छ । मुख्यतः नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीीई र्सवहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा हाम्रो बहस चल्दै आएको हो । यस विषयमा पार्टीीत्र गम्भीर मतान्तर देखा परे । पदाधिकारी र पोलिटब्यूरोको बैठकबाट ती विषय हल नभएपछि गत असारमा राष्ट्रिय सम्मेलन गरी ठोस निष्कर्षनिकाल्ने निर्ण्रा पार्टी भएको थियो । सो क्रममा राष्ट्रिय सम्मेलनका लागि फरक दस्तावेजहरु समेत तयार भएका थिए । जब दस्तावेजहरु तयार भए, तब पार्टीीूल नेतृत्वबाट आर्श्चर्यजनक रुपमा सम्मेलनलाई रोक्ने प्रस्ताव आयो । त्यसपछि पार्टी झन् अन्यौलता र अकर्मन्यता बढ्दै गयो ।
पार्टीीे गत्यावरोध तोड्नका लागि अन्तिम प्रयत्न स्वरुप हामी ७ मंसिर २०७१ को केन्द्रीय समितिको पर्ूण्ा बैठकमा सहभागी भएका थियौं । तर, किरण लगायतका कमरेडहरुको भूमिकाले पार्टी गत्यावरोध झन् बढ्ने स्पष्ट देखियो । यसरी लामो समयदेखि कायम रहेको गत्यावरोध तोड्न नसक्ने र अन्यौलता बढ्दै जाने स्पष्ट भयो । क. किरणको नेतृत्वमा पार्टीीगाडि बढ्न नसक्ने र वर्ग सङ्र्घष्ाको नेतृत्व गर्न नसक्ने निष्कर्षहित आजका मितिदेखि क. किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउँदछौं । साथै हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित छलफल गरेर र्सार्वजनिक गर्ने निर्ण्र पनि लिइएको छ । ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु