फागुन १४ गतेको शैक्षिक हड्ताल सफल पारिदिन आग्रह

२०७६ फाल्गुन १३ गते, मंगलवार

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति काठमाडाैँले फागुन १४ गतेको आम हडताल सफल पार्न सबैलाई आग्रह गरेको छ। क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्ठले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भोलीको शैक्षिक हडताल सफल पार्नको लागि शिक्षण संस्था बन्द गरेर सहयोग गरिदिन सम्बन्धीत सबैलाईआग्रह गरेका छन् । आफ्नो संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार (क्रान्तिकारी)ले देशव्यापी शैक्षिक हड्तालको आयोजना गरेको हाे ।
यस्तै काठमाडौँ लगायत देशैका विभिन्न जिल्लामा (क्रान्तिकारी)का जिल्ला अध्यक्षहरुले प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल सफल बनाउन सबैलाई आग्रह गरेका छन् । विद्यार्थी नेताहरुको गिरफ्तारीको विरुद्ध क्रान्तिकारीका उपाध्यक्ष रुद्र भटराईले फागुन ३ गते प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल लगायतका संघर्षका कार्यक्रम घोषणा गरेका थिए । फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो ।उनीहरु दुवैलाई प्रहरीले अभद्र ब्यवहारको मुदा लगाएको छ।

प्रतिक्रियाहरु