नेकपाका सयौ कार्यकर्ता रिहा

२०७४ मंसिर २६ गते, मंगलवार

काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टिका सयौ नेता तथा कार्यकर्ता रिहा भएका छन् । चुनावविरोधी गतिविधिमा संलग्न रहेको भन्दै देशभरीबाट नेकपाका कयौ नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । प्रहरीले झण्डै एक हजारको हाराहारीमा नेता तथा कार्यकर्ता पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये पार्टीका पोलिट्ब्यूरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’, चितवन इन्चार्ज लालबहादुर बिसी, अखिल नेपाल शिक्षक संगठनकी टीकादेवी राई लगाएत ५ सय बढी छुटेका छन् । सार्वजनिक अपराधको मुद्दा चलाइएका अधिकांश नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालयबाट छुटेका छन् ।
गम्भीर प्रकृतिका मुद्दा चलाइएकाहरु अझै थुनामा रहेका बताइएको छ । प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी मनोज न्यौपानेले चुनावविरोधी गतिविधिमा संलग्नहरु केही थुनामै रहेका बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु