दलित मुक्तिमोर्चाको राष्ट्रिय सम्मेलन फागुनमा

२०७५ मंसिर १३ गते, बिहीबार

काठमाडौं , १३ मंसिर । दलित मुक्तिमोर्चा नेपालको राष्ट्रिय सम्मेलनमा फागुन महिनाको २७, २८ र २९ गते काठमाडौँमा हुने भएको छ । दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको मङ्सिर १० र ११ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
मोर्चाका आध्यक्ष डम्बरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले छुवाछूतलगायत सबैखाले जातीय र वर्गीय विभेदको अन्त्य अबको निर्णायक क्रान्तिले गर्ने बताए । जनयुद्धबाट स्थापित दलित समुदायको विशेषाधिकारको सवालमा संसद्वादीहरूले पूर्ण रूपमा बेवास्ता गरेका कारण समस्या पुनः नयाँ ढङ्गले बल्झेको उनको भनाइ थियो । छुवाछूत अहिले सामाजिक दलाल पुँजीवादी शैलीमा भिन्न र नयाँ रूपमा व्यक्त भइरहेकाले त्यसलाई बेलैमा चिन्न र बुझ्न सक्नुपर्नेमा उनले सचेत गराए । दलित मुक्तिका लागि राज्यसत्ता, राजनीतिक शासनप्रणाली र नेतृत्वका सबालमा दलित समुदायको स्वामित्व अनिवार्य रहेको भन्दै प्रकाण्डले त्यो एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको धारणा राखे ।
बैठकले देशैभर भइराखेका छुवाछूत, विभेद, हत्यालगायत सवालमा पुस १३ गते देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको राष्ट्रिय सम्मेलन आगामी फागुन २७, २८ र २९ गते विशाल जनसभासहित काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य सन्तोषी विश्वकर्मा र बाबुराम गजमेरले मन्तव्य राखेका थिए । – हरि नेपाली

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार