कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ । हिजोबसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुने छ । कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । यसअघि हिजो बसेको संसदीय दलको बैठकले छायाँ सरकार गठन गर्नेसमेत निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु