च्याउ खाऔँ, स्वस्थ बनौँ

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौं । च्याउ खानु स्वास्थ्यको हिसाबले निकै राम्रो भएको अनुसन्धानले देखाएको छ । हड्डीहरू बलियो बनाउनका लागि घाममा बस्नु, माछा मासु खानुभन्दा च्याउ खानु उपुक्त भएको अनुसन्धानले देखाएको छ । कुनै पनि प्रजातिको च्याउलाई सूर्यको पहिलो किरण देखाइ खाएमा हड्डीलाई बलियो बनाउने भिटामिन–डी को मात्रा २०० गुणाले बढ्ने वैज्ञानिकहरूले गरेको अनुसन्धानले खुलासा भएकोछ । यो खुलासा च्याउ सिटी सोलनमा आयोजित एक मेलाका क्रममा बैज्ञानिकहरूले गरेका हुन । अनुसन्धान केन्द्रका निर्देशालयका निर्देशक डा. मंजीत सिंहका अनुसार अनुसन्धान केन्द्रमा वैज्ञानिकहरूले गरेको एक अध्ययनबाट के पाए भने च्याउमा आर्गेस्ट्रोल तत्व पाइन्छ । यसको मात्रालाइ सूर्यको पहिलो किरण (निलो प्रकाश) मा राख्नाले २०० गुणासम्म बढ्दछ । मात्र मशरूम नै यस्तो सब्जी हो, जसमा स्वाभाविक रूपले भिटामिन डी हुन्छ । च्याउको यस्तो प्रयोगलाई संजिवनीको बराबर मानिएको छ । दैनिक रूपमा मशरूम खाने मानिसमा हड्डी रोगको समस्या हुँदैन । यति मात्र हैन पकाएपछि च्याउमा भिटामिनको मात्रा मात्र १५ प्रतिशत कम हुन्छ । ८५ प्रतिशतसम्म भिटामिन मशरूममा रहन्छ । यस अघि मशरूमलाई क्यान्सर, एड्स र रक्सी छोडनका लागी निकै उत्तम आहारका रूपमा मानिसकिएको छ ।
भिटामिन डी सबैभन्दा धेरै हड्डीको रोगहरूलाइ रोक्नका लागि आवश्यक हुन्छ । यसबाहेक, जोर्नीहरूको ठीक ठिक बिकास गर्न, युवाहरूमा मधुमेहको खतरा कम गर्न, हृदय रोगका बिरूद्धमा लड्न तथा फोक्सोमा सुधार गर्नका लागि यसको सेवन निकै आवश्यक छ । प्रायजसो भिटामिन डि माछा, माछाको तेल, अण्डा, कुखुराको मासु तथा समुद्रमा पाइने जिवहरूबाट प्रप्त हुन्छ । तर, साकाहारीहरूका लागि भने घाममा बस्नुबाहेक केही विकल्प छैन । यसैले नियमित रूपमा मशरूम खानाले हड्डीको रोगबाट सजिलै छुटकारा पाइन्छ ।

प्रतिक्रियाहरु