कोरोनावाट ९६ नेपालीको मृत्यु, ७०६२ व्यक्ति संक्रमित

२०७७ जेष्ठ ४ गते, आईतवार

काठमाडौं, ४ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीको मृत्यु भएको जनाएको छ । १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो । बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा १५ जना नेपाली रहेको एनआरएनएले जनाएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।

प्रतिक्रियाहरु