ढकालको रिहाईको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर , आज सुनुवाई हुने

२०७६ जेष्ठ १ गते, बुधबार

काठमाडौँ, १ जेठ । ११ बिद्यार्थी संगठनले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालको रिहाईको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको मुद्धा दायर गरेको छ । ११ बिद्यार्थी संगठनका तर्फबाट मंगलवार गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का कोषाध्यक्ष बिनोद सुनामले ढकाललाई गैरन्यायीक रुपमा गिरफ्तार गरेको भन्दै रिहा गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
अनामनगरस्थित युनियन हाउसमा वैशाख २७ गते शुक्रबार बिहान ११ बजे अखिल (क्रान्तिकारी)सहित ११ विद्यार्थी संगठनले नीजि विद्यालयहरुले ४० प्रतिशतसम्म बढाएकाविरुद्ध लगायत विषयमा पत्रकार सम्मेलन गरिरहेको बेला सिंहदरबार प्रहरी वृत्तबाट डीएसपी काजीकुमार आचार्यको नेतृत्व आएको टोलीले हस्तक्षेप गरेर ढकाललाई गिरफ्तार गरेको थियो ।
लामो समयदेखि बिद्यार्थीको हक अधिकार तथा शैक्षिक क्षेत्रमा देखिएका बिकृतिका बिरुद्ध बिद्यार्थी नेताको हैसियतमा क्रियाशिल ढकाल अधिवक्ता समेत हुन् । उनी नेपाल वार एसोसिएसन ललितपुरका कार्यसमिति सदस्य छन् । उक्त बन्दी प्रत्यक्षीकरणाकाे रिटमा भाेली बुधवार सुनुवाइ हुनेछ ।
ढकालकाे रिहाइकाे माग गर्दै नेपाल विद्यार्थी संघ, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) , गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), अनेरास्ववियू (पाँचौं), नयाँ शक्ति विद्यार्थी युनियन , अखिल नेपाल विद्यार्थी युनियन, राष्टिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्टवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ आन्दाेलित बनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु