बिश्व

पपुआ न्यूगिनीमा ७.४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, २२ वैशाख । आज पपुआ न्यूगिनीमा ७.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।प्रशान्त महासागरमा अवस्थित टापुमा भूकम्प गएसँगै आसपासका ३ सय किमी क्षेत्रमा सुनामी आउनसक्ने भन्दै उच्च सतर्कतामा रहन ‘प्यासिफीक सुनामी वार्निङ सेन्टर’ले निर्देशन जारी गरेको छ ।भूकम्पको ठूलो धक्का महसुस भएपनि हालसम्म क्षतिको विवरण भने आएको छैन । – एजेन्सी

२०७२ बैशाख २२ गते, मंगलवार

नेपाल १ सय २१ औं खुसी मुलुक

काठमाडौँ । खुसी मुलुकको सूचीमा नेपालले १ सय २१ औं स्थान पाएको छ । २०१२ देखि विभिन्न सूचकलाई आधार मानेर निकाल्न थालिएको वल्ड ह्यापिनेस रिपोर्ट को २०१५ को संस्करणले नेपाललाई १ सय ५८ मुलुकमध्ये १ सय २१ औं स्थान दिएको हो । अध्ययनअनुसार नेपाल सार्क मुलुकमा श्रीलंका र अफगानिस्तानभन्दा खुसी छ । प्रतिव्यक्ति आम्दानी, आयु, […]

२०७२ बैशाख १९ गते, शनिबार

जुम्ल्याहा दिदीबहिनीको करामत

काठमाडौँ । अस्ट्रेलियाको पर्थ सहरका दुई जम्ल्याहा दिदीबहिनीले आपूmलाई एउटै देखाउन आफ्नो आइब्रो, होठ, गाला यहाँसम्मकी ब्रेस्टट इम्प्लाइन्ट जस्तो सर्जरीमा २.५०००० डलर खर्च गरेका छन् । त्यति मात्र होइन, मात्र एक मिनेटको फरकमा जन्मिएका यी दुई दिदीबहिनीको एउटै रोजगारी, एउटै कार, एउटै फेसबुक एकाउन्ट मात्र होइन ब्वाइफ्रेण्ड पनि एउटै छ । यी दुई दिदीबहिनी जन्मेदेखि […]

२०७२ बैशाख १८ गते, शुक्रबार

इन्डोनेसियामा दुई अष्ट्रेलियाली नागरिकलाई मृत्युदन्ड दिने तयारी

काठमाडौं, ११ वैशाख । इन्डोनेसियाले लागूऔषध ओसार–पसारको मुद्दा खेपिरहेका दुईजना अष्ट्रेलियाली नागरिकलाई मृत्युदन्ड दिने तयारी गरेको छ । एन्ड्रयु चान र म्युरान सेकुमरनलाई मृत्युदन्ड दिन लागिएको हो । उनीहरुलाई इन्डोनेसियाबाट अष्ट्रेलियातर्फ हिरोइन लैजाँदै गरेको अवस्थामा सन् २००५ मा पक्राउ गरिएको थियो । उनीहरुको साथै अन्य सातजनाको पनि यो प्रकरणमा संलग्नता रहेको बताइएको छ । ‘बाली […]

२०७२ बैशाख ११ गते, शुक्रबार

युरोपियन युनियनको आकस्मिक बैठक बस्ने

काठमाडौं, १० बैशाख। अफ्रिकाबाट ह्वारह्वार्ती अवैध आप्रवासी भित्रन थालेपछि रणनीति तय गर्न इटलीमा युरोपियन युनियनको आकस्मिक बैठक बस्दैछ । बैठकमा मानव तस्करहरुले प्रयोग गर्दै आएको डुंगा ध्वस्त पार्ने जस्ता अधिकार सेनालाई दिनुपर्ने विषयमा छलफल गरिने छ । इटलीले युरोपियन युनियनलाई तत्काल कुनै उपाय खोज्न पनि अपील गरेको छ । अवैध ढंगले भूमध्यसागरको बाटो हुँदै आप्रवासी […]

२०७२ बैशाख १० गते, बिहीबार

राष्ट्रिय सुरक्षाबलको कारबाहीमा १८ तालिवान मारिए

काठमाडौ, ९ बैशाख । अफगानिस्तानमा तालिवान आतङ्ककारी समूहले जारी राखेका विभिन्न हिंसाजन्य क्रियाकलापको कारण अशान्त भएका कयौं प्रान्तहरुमा अफगान राष्ट्रिय सुरक्षाबल [एएनएसएफ]गरेको कारबाहीमा परी १८ तालिवानी मारिएका छन् । अफगान गृह मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म २४ घण्टा जारी रहेको यस कारबाहीको क्रममा १८ तालिवानी मारिनुको साथै अन्य १३ […]

२०७२ बैशाख ९ गते, बुधबार

नास्पको दशौं वार्षिकोत्सव समारोह सुरु

काठमाडौ, ९ बैशाख । विश्वका खासगरी विकसित एवम् शक्ति सम्पन्न देशको सम्पूर्ण ध्यान यतिखेर इन्डोनेसियाको जाकर्ता सहरले खिचेको छ । खासगरी भूपरिवेष्टित, असंलग्न आन्दोलन, पञ्चशील सिद्धान्त तथा अतिविकासोन्मुख देशबाट विकासशील देशको स्तरोन्नतिमा उक्लन लागेका देशको ऐतिहासिक सम्मेलनको निष्कर्षको पर्खाइमा सिङ्गो विश्व नै उत्सुकतामा छ । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने […]

२०७२ बैशाख ९ गते, बुधबार

हुथी विद्रोही विरुद्ध गरिएको हवाइ आक्रमणमा परी २५ को मृत्यु

काठमाडौं, ८ बैशाख । यमनको राजधानी शानामा हुथी बिद्रोहीलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३०० जना घाईते भएका छन । राजधानी सानास्थित राष्ट्रपति भवन नजिकै फाज अटान क्षेत्रमा भएको आक्रमणका बेला धुुंवाको चर्को मुस्लोले आकाश ढाकिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यमनमा गत मार्च देखी साउदी […]

२०७२ बैशाख ८ गते, मंगलवार

११ जना फुटबलप्रेमीलाई मृत्युदण्डको सजाय

काठमाडौँ , ७ बैशाख । इजिप्टको एक अदालतले सन् २०१२ भएको फुटबल प्रतियोगिताका क्रममा भएको हिंसामा संलग्न रहेको आरोपमा ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। उक्त हिंसामा ७२ जना मारिएका थिए । तीन वर्षअघि फेब्रुअरी २०१२ मा अल एहली र अल मैसी क्लवबीच भएको प्रतियोगिताका क्रममा हिंसा भएको थियो । उक्त हिंसामा संलग्न रहेको आरोपमा […]

२०७२ बैशाख ७ गते, सोमबार

आइएसद्वारा ३० जना इसाईहरुको सामूहिक हत्या

काठमाडौं, ७ बैशाख । इस्लामिक अतिवादी समूह आइएसले फेरि ३० जनाको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । आइतवार जारी गरेको २९ मिनेटको उक्त भिडियोमा आईएस लडाकूले लिबियामा पक्राउ गरेका इथियोपियाई इसाइलाई मार्दै गरेको देखिन्छ । आईएस कब्जामा दुई समूहमा रहेकाहरु इथियोपियाली चर्चका सदस्य भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । १२ जनालाई समुन्द्र […]

२०७२ बैशाख ७ गते, सोमबार