इन्डोनेसियामा दुई अष्ट्रेलियाली नागरिकलाई मृत्युदन्ड दिने तयारी

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं, ११ वैशाख । इन्डोनेसियाले लागूऔषध ओसार–पसारको मुद्दा खेपिरहेका दुईजना अष्ट्रेलियाली नागरिकलाई मृत्युदन्ड दिने तयारी गरेको छ । एन्ड्रयु चान र म्युरान सेकुमरनलाई मृत्युदन्ड दिन लागिएको हो । उनीहरुलाई इन्डोनेसियाबाट अष्ट्रेलियातर्फ हिरोइन लैजाँदै गरेको अवस्थामा सन् २००५ मा पक्राउ गरिएको थियो । उनीहरुको साथै अन्य सातजनाको पनि यो प्रकरणमा संलग्नता रहेको बताइएको छ । ‘बाली नाइन’ नाम दिइएको सो प्रकरणमा संलग्नहरुलाई २००६ मै अदालतले दोषी ठहर गरेको थियो । दोषी पाइएका अन्य व्यक्तिहरु पनि इन्डोनेसियाका विभिन्न जेलहरुमा मृत्युदन्डको पर्खाइमा छन् । इन्डोनेसियाली सरकारका प्रवक्ताका अनुसार मृत्युदन्डको दिन भने तोकिएको छैन । मृत्युदन्ड पाउने व्यक्तिलाई कम्तीमा ७२ घन्टाअघि जानकारी गराइन्छ । आममाफीका उनीहरुले राष्ट्रपतिसमक्ष गरेको क्षमायाचना माग अस्वीकृत भैसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु