नेपाल १ सय २१ औं खुसी मुलुक

२०७२ बैशाख १९ गते, शनिबार

काठमाडौँ । खुसी मुलुकको सूचीमा नेपालले १ सय २१ औं स्थान पाएको छ । २०१२ देखि विभिन्न सूचकलाई आधार मानेर निकाल्न थालिएको वल्ड ह्यापिनेस रिपोर्ट को २०१५ को संस्करणले नेपाललाई १ सय ५८ मुलुकमध्ये १ सय २१ औं स्थान दिएको हो । अध्ययनअनुसार नेपाल सार्क मुलुकमा श्रीलंका र अफगानिस्तानभन्दा खुसी छ । प्रतिव्यक्ति आम्दानी, आयु, सामाजिक सहयोग, स्वतन्त्रता, भ्रष्टाचार लगायतलाई आधार बनाएर संयुक्त राष्ट्रसंघ अन्तर्गतको एक निकायले प्रतिवेदन सार्वजनिक गरेको हो । २००५ देखि २००७ सम्मको तुलनामा नेपालले आफ्नो स्थान अझ खस्काएको प्रतिवेदनमा छ ।
सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क नामक संस्थाले विश्वको सबैभन्दा सुखी मुलुकको स्थान स्विटजरल्यान्डलाई दिएको छ । दोस्रोदेखि क्रमशः आइसल्यान्ड, डेनमार्क, नर्वे र क्यानडा परेका छन् । छिमेकी मुलुक भारत १ सय १७ औं स्थानमा छ । त्यस्तै बंगलादेश १ सय ९, पाकिस्तान ८१, भुटान ७९, श्रीलंका १ सय ३१ र अफगानिस्तान १ सय ५३ औं स्थानमा छ । मालदिभ्सलाई भने तथ्यांकमा समेटिएको छैन ।

प्रतिक्रियाहरु