जुम्ल्याहा दिदीबहिनीको करामत

२०७२ बैशाख १८ गते, शुक्रबार

काठमाडौँ । अस्ट्रेलियाको पर्थ सहरका दुई जम्ल्याहा दिदीबहिनीले आपूmलाई एउटै देखाउन आफ्नो आइब्रो, होठ, गाला यहाँसम्मकी ब्रेस्टट इम्प्लाइन्ट जस्तो सर्जरीमा २.५०००० डलर खर्च गरेका छन् । त्यति मात्र होइन, मात्र एक मिनेटको फरकमा जन्मिएका यी दुई दिदीबहिनीको एउटै रोजगारी, एउटै कार, एउटै फेसबुक एकाउन्ट मात्र होइन ब्वाइफ्रेण्ड पनि एउटै छ । यी दुई दिदीबहिनी जन्मेदेखि नै एउटै देखिन्छन् । उनीहरुका आमाबुबा पनि उनीहरुलाई एकै खाले कपडा लगाइदिन्छन् । २८ वर्षीया ए र लुसी डेसिन्कको जीवनशैली पनि एकै प्रकारको छ । ३१ वर्षीय इलेक्ट्रिकल मेकानिक ब्रायनले यी दिदीबहिनीको मन जितेका छन् । एना र लुसीले मेकानिकलाई आफ्नो साथीको सुझावमा फेसबुकमा आफ्नो साथी बनाएका थिए । सुरुमा ब्रायनलाई दिदीबहिनीबीच सन्तुलन कायम गर्न निकै कठिनाइ भयो । तर, १८ महिनाको रिलेशनसीपले उनले बुझे कि दुवैलाई कसरी पैम्पर गर्नुपर्छ । ब्रायनले भने– यो पहिलोपटक हो कि म आफ्नी दुवै गर्लफ्रेण्डका साथ छु । मलाई विश्वास गर्नुस्, दिदीबहिनीका साथ १०० प्रतिशत एकै प्रकारको व्यवहार गर्नु कठिन काम हो । ब्रायनले भने– म जे कुरा एउटासँग गर्छु, अर्कीसँग पनि त्यसै गर्नुपर्छ । स्मरणरहोस्, लामो रिलेशनसीपका कारण अब ब्रायन स्वयम पनि दुई दिदीबहिनीसँगको सम्बन्धमा सहज महशुस गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु