पर्यटन

कुश्माबजारमा भ्यू टावर बन्ने

काठमाडौ, २४ बैशाख । मुलुककै अग्ला र नमुना पुलले घेरिएको पर्वत सदरमुकाम कुश्माबजारमा भ्यू टावर निर्माण गरिने भएको छ । सदरमुकाम कुश्माबजार र आसपासमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन गर्नका लागि पहिलोपटक भ्यू टावर निर्माण गर्न लागिएको हो । सदरमुकाम भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई कुश्माबजार तथा आसपासको क्षेत्रका दृश्यावलोकन गराउनुका साथै पर्यटकलाई थप आकर्षित गर्नका […]

२०७३ बैशाख २४ गते, शुक्रबार

विशाल महाविरी झन्डा मेला सुरु

काठमाडौ, २४ बैशाख । महोत्तरी जिल्लाको भटौलिया गाविसमा आजदेखि विशाल महाविरी झन्डा मेला सुरु भएको छ । भटौलिया–३ स्थित चौरमा रु पाँच लाखको लागतमा ५० फिट अग्लो झन्डा निर्माण गराई भव्य मेला सुरु भएको स्थानीयवासी प्रवीणकुमार कर्णले बताउनुभयो । आजदेखि पाँच दिनसम्म चल्ने सो झन्डा मेलाको थप आकर्षणका लागि भगवान हनुमानको ठूलो मूर्ति, रथ तथा […]

२०७३ बैशाख २४ गते, शुक्रबार

लुम्बिनीमा सुआन चाङको मूर्ती राखिने

काठमाडौँ, २३ वैशाख । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीनका वरिष्ठ बौद्ध भिक्षु एवम् बौद्ध दर्शनसम्बन्धी दार्शनिक सुआन चाङको मुर्ति राखिने भएको छ । सुआन चाङ् चीनका ठूला बौद्ध भिक्षु हुनुहुन्थ्यो र उहाँ सयौँ वर्ष पहिले नेपालको लुम्बिनीमा पुगेर गौतम बुद्धको बारेमा अध्ययन गर्नुभएको थियो । उहाँले नै नेपालबाट फर्किएपछि चीनमा बौद्ध धर्मको प्रचार र […]

२०७३ बैशाख २३ गते, बिहीबार

संरक्षणको पर्खाइमा अर्गली दरबार

काठमाडौ, २३ बैशाख । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले कालीगण्डकी किनारमा विसं १९९७ मा दरबार निर्माण गरेको पाल्पा जिल्लाको अर्गलीमा रहेको ऐतिहासिक अर्गली दरबार संरक्षणको अभावमा बेवारिसे बन्दै गएको छ । सांस्कृतिक सम्पदाका रुपमा रहेको दरबारको र संरक्षण हुन नसक्दा भग्नावशेष भएको छ । संरक्षणविहीन हुन पुग्दा दरबारका बहुमूल्य झ्याल ढोकाका खापा, इँटाहरु एकपछि अर्को गरी […]

२०७३ बैशाख २३ गते, बिहीबार

बेगनास माछा महोत्सव सकियो

काठमाडौं,२० बैशाख । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ लेखनाथ नगरपालिकाको बेगनासतालस्थित मन्दरेपार्कमा सञ्चालित दोस्रो माछा महोत्सव( बेगनास फिस फेस्टिबल) आइतबार सकिएको छ । शुक्रबारदेखि सञ्चालन भएको सो फेस्टिबलमा रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार भएको फेस्टिबल आयोजक मूल समारोह समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस ठाउँमा रहेका दिपाङ, बेगनास […]

२०७३ बैशाख २० गते, सोमबार

पर्यटकीयस्थलको वृत्तचित्र बनाइदै

काठमाडौ, १९ बैशाख । इलामका पर्यटकीयस्थलको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र (डकुमेन्ट्री) बनाउन थालिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्य दृश्यसहितको डकुमेन्ट्री बनाउन थालेको हो । जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भए पनि तिनको उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै पर्यटन विकास हुन […]

२०७३ बैशाख १९ गते, आईतवार

जोमसोम जोड्ने झोलुङे पुल जीर्ण

काठमाडौ, १९ बैशाख । मुस्ताङ सदरमुकाम जोमसोमलाई जोड्न कालीगण्डकीमाथि निर्मित काठे झोलुङे पुल जीर्ण भएको छ । जोमसोम बजारसहित उपल्लो क्षेत्रलाई जोड्ने एकमात्र पुल जीर्ण भएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या उत्पन्न भएको छ । पुलमा जडान गरिएको काठ भाँच्चिएका छन् भने केही कुहिन थालेका छन् । कालीगण्डकीमा पक्की पुल निर्माणकार्य जारी रहेका कारण वर्षौंदेखि जोमसोमवासी […]

२०७३ बैशाख १९ गते, आईतवार

पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी

काठमाडौं, १८ बैशाख । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ । पर्वत कास्की र स्याङ्जाको सङ्गमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा बिहीबार रातिदेखि भीषण आगलागी भएको हो । उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण उक्त क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटी, तथा जनावर सङ्कटमा […]

२०७३ बैशाख १८ गते, शनिबार

बौद्धका सम्पदाको सुरक्षा गर्न माग

काठमाडौँ, १७ वैशाख । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण चीजबीजको सुरक्षा व्यवस्था मिलाउन स्थानीयवासीले माग गरेका छन् । बौद्ध क्षेत्रबाट तीन महिनाअघि हराएको बौद्ध अजिमाथानको ३०० वर्ष पुरानो गरुडको मूर्ति, टुँडाल र चाँदीको दियो फेला नपरेपछि आज स्थानीयवासीले यस क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयाँलको नेतृत्वमा गृहमन्त्री […]

२०७३ बैशाख १७ गते, शुक्रबार

फिस फेष्टिभल सुरु

काठमाडौ, १७ बैशाख । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ । महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने आयोजक होटल तथा रेष्टुरेन्ट […]

२०७३ बैशाख १७ गते, शुक्रबार