संरक्षणको पर्खाइमा अर्गली दरबार

२०७३ बैशाख २३ गते, बिहीबार

काठमाडौ, २३ बैशाख । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले कालीगण्डकी किनारमा विसं १९९७ मा दरबार निर्माण गरेको पाल्पा जिल्लाको अर्गलीमा रहेको ऐतिहासिक अर्गली दरबार संरक्षणको अभावमा बेवारिसे बन्दै गएको छ । सांस्कृतिक सम्पदाका रुपमा रहेको दरबारको र संरक्षण हुन नसक्दा भग्नावशेष भएको छ । संरक्षणविहीन हुन पुग्दा दरबारका बहुमूल्य झ्याल ढोकाका खापा, इँटाहरु एकपछि अर्को गरी चोरी भइरहेको यहाँका स्थानीयवासीले बताएका छन् ।
जुद्धशमशेर २००४ सालमा काठमाडौँमा जयतु संस्कृत आन्दोलनको सुरुवात भएपछि आफूमाथि पनि खतरा उत्पन्न हुन सक्ने सङ्केत देखापरेपछि भारततर्फ निर्वासित हुने क्रममा आफ्नो नातिनीलाई दरबार बकसपत्र गरिदिएका थिए । दरबार संरक्षणविहीन हुन पुग्दा छानाबाट पानी चुहेर प्रत्येक वर्ष भत्कने क्रममा रहेको छ ।
तत्कालीन समयमा आफ्नो सुरक्षाका लागि जुद्धशमशेरले आफ्नो नातिनी जनक राज्य लक्ष्मीको नाममा बकसपत्र गरिदिएका कारण हालसम्म यसको संरक्षणतर्फ कुनै पनि निकाय तथा समुदायको ध्यान नपुग्दा ऐतिहासिक धरोहरका रुपमा रहेको दरबार खण्डहरमा परिणत हुन पुगेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु