पर्यटन

पञ्चासेमा स्वदेशी तथा विदेशी पर्यटक लोभिँदै

काठमाडौ, १६ बैशाख । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको पञ्चासेले धेरै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कास्की, स्याङ्जा र पर्वतको त्रिवेणी पञ्चासे जैविक विविधताको थलो, विश्वकै लोपोन्मुख पशुपक्षीको बासस्थान आदि भएका कारण यसको आकर्षण दिनप्रतिदिन बढेको हो । पोखराकै पहिचान जोडिएको फेवातालको मुहान पनि पञ्चासे नै हो […]

२०७३ बैशाख १६ गते, बिहीबार

माछाको स्वाद लिँदै वेगनासमा डुङ्गा सयर

काठमाडौं, १४ वैशाख । पोखरा बजारको उत्तरपूर्वी भेग लेखनाथ नगरपालिकामा अवस्थित वेगनास ताल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । प्रकृतिप्रदत्त सुन्दर तालका रुपमा रहेको ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएको वेगनास तालको अवलोकन गर्न र यहाँ पाइने स्थानीय जातका माछाको स्वाद लिन पर्यटक आउने क्रम पछिल्ला दिनमा बढ्दै गएको छ […]

२०७३ बैशाख १४ गते, मंगलवार

आजबाट सम्पदा पुनः निर्माण सुरु

काठमाडौ, १३ बैशाख । सरकारले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु पुनः निर्माणको काम आजबाट सुरु गर्ने भएको छ । आज विभिन्न चार स्थानबाट सम्पदाहरु पुनःनिर्माणको काम सुरु गर्ने पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीसहित दलका शीर्ष नेताबाट बिहान ९ बजे एउटै समयमा सम्पदा पुनःनिर्माणको अभियान सुरु गर्ने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । […]

२०७३ बैशाख १३ गते, सोमबार

चौँरीगाईको आलो रगत पिउने भए..

काठमाडौं, ११ वैशाख । मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउन सर्वसाधारणको घुइँचो लागेको छ । स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण आएका छन् । हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको […]

२०७३ बैशाख ११ गते, शनिबार

संरक्षणको पर्खाईमा दिकी–छ्योलिङ गुम्बा

काठमाडौं, १० वैशाख । ताप्लेजुङको ओलाङ्चुङ्गोलामा रहेको ऐतिहासिक दिकी–छ्योलिङ गुम्बाको पूर्वी र दक्षिणी भाग मर्मतको अभावमा ढल्ने अवस्थामा पुगेको छ । गत वर्षको भूकम्प र त्यसपछि आएका स–साना भूकम्पका कारण भत्किएको भागको मर्मत नहुँदा ढल्ने अवस्थामा पुगेको हो । करिब चार सयवर्ष पुरानो इतिहास बोकेको यस ऐतिहासिक गुम्बाको दुईतर्फको करिब दश मिटर भाग भत्किएको छ […]

२०७३ बैशाख १० गते, शुक्रबार

जो भारी बोकेरै सगरमाथा चढ्छन्

काठमाडौ, ९ बैशाख । सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे यस्तो गाउँ हो जहाँका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । आलु र फापरमात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पाँचपटक सगरमाथाको सफल आरोहण गरिसकेका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार यसबेला हिमाल चढ्न […]

२०७३ बैशाख ९ गते, बिहीबार

गुराँस हेर्न आन्तरिक पर्यटकको घुइँचो

काठमाडौं, ८ वैशाख । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तीनजुरे मिल्के–जलजले क्षेत्रमा गुराँस हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँवर्षको आगमनसँगै वन नै रातै हुने गरी फुलेका गुराँस हेर्न आन्तरिक पर्यटकको घुइँचो लागेको हो । भारतीय सीमा क्षेत्रबाटसमेत पर्यटकहरु यो सिजनमा तिनजुरे मिल्के–जलजले क्षेत्रमा आउने गरेका छन् । नेपालमा पाइने ३२ प्रजातीका […]

२०७३ बैशाख ८ गते, बुधबार

चालीस करोडको लगानीमा चारतारे होटल

काठमाडौ, ८ बैशाख । दुगड ग्रुपले रु ४० करोडको लगानीमा विराटनगरमा पहिलो अत्याधुनिक सेवासुविधासहितको चारतारे होटल सञ्चालनमा ल्याएको छ । विराटनगर–२ बञ्जराचौकमा आठ कट्ठा जग्गामा ५२ कोठाको ह्यारी सन प्यालेस नामको सुविधासम्पन्न होटल एक समारोहबीच मङ्गलबार बेलुका एक अमेरिकी नागरिक माइकल कोबोल्डबाट उद्घाटन भएको छ । उद्घाटनका अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुगड ग्रुपका सञ्चालक तथा […]

२०७३ बैशाख ८ गते, बुधबार

दूधमति महोत्सव जेठ २ गते

काठमाडौं, ६ बैशाख । आगामी जेठ २ गते जनकपुरधाममा दूधमति महोत्सव हुने भएको छ । जानकीको जीवनगाथासँग सम्बन्धित दुग्धमति (दूधमति) नदी संरक्षणका लागि सो महोत्सव हुन लागेको हो । सो नदीलाई प्राचीन धर्मग्रन्थमा सरस्वतीको अवतार, विद्या र बुद्धि दात्री भनी उल्लेख गरिएको छ । दूधमति नदीको उद्गमस्थल पहाड नभई जनकपुरधामबाट करिब छ कोस टाढा रहेका […]

२०७३ बैशाख ६ गते, सोमबार

सिकार दस्तुर ह्वात्तै घट्यो

काठमाडौं, ६ बैशाख । ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर ह्वात्तै घटेको छ । अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ । गत असोज–मङ्सिरमा एउटा झारल सिकार गरेको रु नौ लाख ३१ हजार लिने गरेकोमा अहिले घटेर रु एक लाख ५० हजार पुगेको छ । यस्तै गत वर्षको पहिलो सिकार याममा […]

२०७३ बैशाख ६ गते, सोमबार