पर्यटन

२१औँ वन्यजन्तु सप्ताह : गैँडामा क्षयरोग भेटिएपछि संरक्षणमा चुनौती

काठमाडौ, १ बैशाख । वन्यजन्तु संरक्षणमा चोरी–सिकार सबैभन्दा ठूलो चुनौती थियो र यसलाई विगतमा धेरै हदसम्म नियन्त्रण लिने काम भयो । चोरी–सिकार नियन्त्रणमा लागि स्थानीय जनतासँगको सहकार्यमा नयाँ प्रविधिको प्रयोग गरियो । प्रहरी र प्रशासनले सक्रियता बढायो । फलतः चितवनले तीन पटकसम्म शून्य चोरी–सिकार वर्ष मनाउन सक्यो । तर अब यतिले मात्रै संरक्षण कार्य प्रभावकारी […]

२०७३ बैशाख १ गते, बुधबार

सल्हेस फूलबारीमा रहस्यमय हारमको फूल

काठमाडौँ, ३० चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर)संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ […]

२०७२ चैत्र ३० गते, मंगलवार

सगरमाथा आरोहणको लागि २८ टोली खुम्बु भित्रिए

काठमाडौं, ३० चैत । सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको छ। हिमनदी, हिमखाल्डा तथा दरार प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिने आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको हो। दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चे (एसपीसीसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईका अनुसार बाटो […]

२०७२ चैत्र ३० गते, मंगलवार

पाहाँचह्रे पर्व सम्पन्न

काठमाडौं, २९ चैत । घोडेजात्राको अघिल्लो दिनदेखि सुरु भएको नेवार समुदायको पाहाँचह्रे पर्व सोमबार सम्पन्न भएको छ । कङ्केश्वर अजिमालाई विधिपूर्व पूजा गरी नगरपरिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्दछ । जात्रा सकिएको चार दिनपछि कङ्केश्वर अजिमामाइको बसोबासबारे हेर्न जाने र पूजा गर्ने चलन रहेको छ । पाहाँचह्रे पर्वलाई काठमाडौंको नेवार समुदायमा बडादसैंपछिको महत्वपूर्ण पर्वकोरुपमा लिने […]

२०७२ चैत्र २९ गते, सोमबार

त्रिदेवी मन्दिरको जीर्णोद्वार सम्पन्न

काठमाडौं । ठमेलको त्रिदेवीमार्गस्थित त्रिदेवी मन्दिरको जीर्णोद्वारकार्य सम्पन्न भएको छ । जीर्णोद्वार सम्पन्न भएपछि शनिबार मन्दिरमा देवी–देवताहरुको प्राण–प्रतिष्ठा गरिएको छ । मन्दिर परिसरमा आयोजित पूजामा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्णआहुति गरी देवीदेवताहरुको प्राण–प्रतिष्ठाकार्य सम्पन्न गरेका थिए । बौद्धविज्ञ यज्ञमानपति बज्राचार्यकोे नेतृत्वमा विशेष शास्त्रीय पूजाको आयोजना गरिएको थियो । पूजामा पञ्चरक्षक पाठ पनि गरिएको थियो । मन्दिरमा […]

२०७२ चैत्र २८ गते, आईतवार

बिस्केट जात्रा सुरु

काठमाडौँ, २७ चैत । भक्तपुरमा बिस्केट जात्रा सुरु भएको छ । ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे लिच्छवीकाल देखि चल्दै आएको बिस्केट जात्रा आज बिहानै गणेश कर्माचार्यबाट भैरबनाथको पूजागरी सुरु भएको छ । विभिन्न चरणको पूजा सकेर दिउँसो भैरब र भद्रकाली देवतालाई आआफ्नो रथमा विराजमान गराएपछि भैरवनाथको रथमा तलेजुका पूजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्रप्रसाद […]

२०७२ चैत्र २७ गते, शनिबार

२०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने

काठमाडौ, २६ चैत । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो वर्षलाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने भएको छ । मन्त्रालयले बाह्य पर्यटक लक्षित कार्यक्रम मात्रै सञ्चालन भइरहेका बेला आन्तरिक पर्यटक लक्षित कार्यक्रम गर्ने तयारी गरेको हो । नेपाल पर्यटन बोर्डको समन्वय र निजी क्षेत्रको सहभागितामा २०७३ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने तयारी भएको मन्त्रालयका […]

२०७२ चैत्र २६ गते, शुक्रबार

सगरमाथा आरोहण सुचारु

काठमाडौं, २५ चैत । दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण सुचारु भएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आरोहीहरु काठमाडौंबाट सगरमाथा आधार शिविरतर्फ लागिरहेका छन् । हालसम्म २४ टिमका २२३ जना विदेशी आरोहीहरु आधार शिविर हिँडेका छन भने सात टिमबाट ५२ जनाले एप्लाई गरिसकेको पर्यटन विभागले बताएको छ । उनीहरु नेपाल आउने क्रम जारी […]

२०७२ चैत्र २५ गते, बिहीबार

केचना – ठिप्तला पद यात्रा समापन

काठमाडौं, २५ चैत । ताप्लेजुङको उत्तरी नाका खुलाउनको लागि नेपाल सरकारलाई दबाब दिने उद्धेश्यले झापाको केचनादेखि ताप्लेजुङको ठिप्तला भञ्ज्याङसम्मको पद यात्रा फुङलिङ बजारमा आएर आज समापन भएको छ । झापाको केचनादेखि चैत्र १२ गते शुरु भएको पद यात्रा इलाम, पाँचथर, ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार हुँदै १२ दिनसम्मको पद यात्रामा विभिन्न राजनीतिक दलका प्रतिनिधी, सरोकारवाला निकाय, […]

२०७२ चैत्र २५ गते, बिहीबार

बिस्केट जात्राका लागि लिङ्गो ठड्याइयो

काठमाडौं, २४ चैत । प्राचीन नगर टोखामा मनाइने बिस्केट जात्राका लागि आज लिङ्गो ठड्याइएको छ । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन स्थानीयवासीद्वारा थनेलाछी माथिल्लो चोकमा ५४ हात अग्लो लिङ्गो विधिविधानअनुसार ठड्याइएको हो । प्रत्येक वर्ष चैत मसान्तदेखि वैशाख ४ गतेसम्म बिस्केट जात्रा मनाइन्छ । यस अवधिमा स्थानीय गणेश र कुमारीको जात्रा गरिन्छ । प्रत्येक […]

२०७२ चैत्र २४ गते, बुधबार