राजनीति

एमाओवादीमा गृहमन्त्रीलाई फिर्ता बोलाउन माग

काठमाडौं, २६ मंसिर । एमाओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै जनभावना अनुसार काम गर्न प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाव दिएको छ । आज बिहान बसेको स्थायी समिति बैठकमा नेताहरुले सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना गरेका हुन् । उनीहरुले पार्टीबाट सरकारमा सहभागी नेताहरुको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टी जनाएका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितको कोटामा […]

२०७२ मंसिर २६ गते, शनिबार

भारत दशगजामा अबैध रुपमा बाँध निर्माण गर्दै

काठमाडौं, २५ मंसिर । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ । दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग […]

२०७२ मंसिर २५ गते, शुक्रबार

भारतले नेपाललाई भेन्टिलेटरमा पुरायो

काठमाडौं, २५ मंसिर । तिब्र गतिका लागि परिचित बजाज कम्पनीको पल्सर बाइकको स्लोगन नै छ–फेयर द ब्ल्याक । नेपालमाथि लगाइएको नाकाबन्दीका क्रममा सुनौली बोर्डरसँग जोडिएका भारतीय गाउँमा यो बाइक कालोबजारीका लागि सबैभन्दा उत्तम माध्यम बनेको छ। किनभने यसको ट्याङ्की १५ लिटर इन्धन क्षमताको छ । बेरोजगार युवा र विद्यार्थी यो बाइक दैनिक ३०० रुपैयाँमा भाडामा […]

२०७२ मंसिर २५ गते, शुक्रबार

आज ६७औं मानवअधिकार दिवस

काठमाडौ, २४ मंसिर। आज १० डिसेम्बर, ६७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईदैछ । यसवर्ष ‘हाम्रा अधिकार र स्वतन्त्रका लागि सबैको लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा मानवअधिकार आयोगको अगुवाइमा अहिले भृकुटी मण्डपबाट शान्तिबाटिकासम्म प्रभातफेरी हुँदैछ भने दिउँसो आयोग परिसरमै विशेष कार्यक्रमको आयोजना गरिएको […]

२०७२ मंसिर २४ गते, बिहीबार

राजनीतिक व्यक्ति र प्रशासकमाथिको अनुसन्धान रोकिदैन : कार्की

काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आयोगले राजनीतिक व्यक्ति र उच्च प्रशासकहरुमाथि सुरु गरेको अनुसन्धान नरोक्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर आयोगले बुधबार गरेको कार्यक्रममा प्रमुख आयुक्त कार्कीले आयोग कसैको दवाबमा परेर राजनीतिक दलका नेता र उच्च प्रशासकहरुमाथि सुरु गरेको अनुसन्धान नरोक्ने स्पष्ट पारेका हुन् […]

२०७२ मंसिर २३ गते, बुधबार

नयाँ संविधान एनजीओको विधान जस्तोः डा. देवकोटा

काठमाडौं । राष्ट्रिय जागरण अभियान नेपालका संयोजक डा. उपेन्द्र देवकोटाले अहिलेको संविधान एनजीओको विधान जस्तो भएकोले देशमा मानवीय संकट आएको बताएका छन् । राजनीतिक दलका नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएकै कारण नाटकीय ढंगबाट विधानको रुप लिएर संविधान जारी भएको बताए । अप्राकृतिक रुपमा गरिएको बाह्र बुँदे समझदारीको गर्भमा पश्चिमेली दिशाबाट प्रवेश पाएकोे संघीयता र धर्म […]

२०७२ मंसिर २४ गते, बिहीबार

अख्तियारको गतिविधि संकास्पद : एमाले र एमाओवादी

काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो गतिविधिप्रति सत्तारुढ दल एमाले र एमाओवादीले गम्भीर आशंका गरेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्ता साझेदार दल एनेकपा माओवादीले अख्तियारको पछिल्लो कदमप्रति गम्भीर आशंका जनाएका हुन् । कान्तिपुर दैनिकका अनुसार सत्तारुढ एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना केही नेतालाई समेत बयानका लागि बोलाएकोमा […]

२०७२ मंसिर २३ गते, बुधबार

मधेसी मोर्चाका नेतालाई हरुवाको सज्ञा

काठमाडौ, २२ मंसिर । भारतको माथिल्लो सदन राज्यसभामा नेपालको वर्तमान अवस्थाबारे गम्भीर बहस भएको छ । हिजो अपरान्ह भएको छलफलमा भाग लिँदै विभिन्न दलका सांसदहरुले भारतको नेपालसँगको सम्बन्ध इतिहासमै कमजोर अवस्थामा पुगेको भन्दै यो भन्दा तल जान नदिन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले भारतबाट इन्धन लगायतका सामाग्रीको आपूर्ति नहुँदा नेपालमा मानवीय संकट गहिरिएको भन्दै […]

२०७२ मंसिर २२ गते, मंगलवार

​संविधानको एक महिने प्रचार अभियान सुरु

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबारे जानकारी गराउन एक महिने अभियान उद्घाटन गरेका छन । काठमाडौंको राष्ट्रिय सभागृहमा एक सामारोहका बीच ‘जनताको संविधान जनताकै माझमाझ भन्दै प्रधानमन्त्री ओलीले संविधानको अन्तर्वस्तु समेटेर तयार पारेको वृत्तचित्र पनि सार्वजनिक गरे। अभियान सुरुवातको कार्यक्रममा उपप्रधानतथा स्थानीय विकास मन्त्री कमल थापाले नयाँ संविधान नेपाली जनताको सम्पत्ति भएकाले […]

२०७२ मंसिर २१ गते, सोमबार

मोर्चाका शीर्ष नेता दिल्ली दौडिए

काठमाडौं,२० मंसिर । मधेसी मोर्चाका शीर्ष नेता दिल्ली प्रस्थान गरेका छन् । तीन दलको साझा धारणा अस्वीकार गरेका उनीहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत राजनीतिक दलका नेतासँग नेपालको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल गर्ने कार्यक्रम छ । मोर्चाका नेताहरु राजेन्द्र महतो र महेन्द्र राय यादव शनिबार नै दिल्ली पुगिसकेका छन् भने उपेन्द्र यादव […]

२०७२ मंसिर २० गते, आईतवार