डा .केसीले बालुवाटारमा धर्ना दिने

२०७३ भाद्र ४ गते, शनिबार

काठमाडौ, ४ भदौ । डा. गोविन्द केसी र उनका समर्थकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएका छन् । उनीहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै धर्ना दिन लागेका हुन् । डा .केसीको समर्थकहरुको संजाल सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले दबाबस्वरुप आज बिहान ११ बजे धर्ना दिन लागेको हो । धर्नामा डा केसीसहित उनका समर्थकहरु प्रा. चैतन्य मिश्र, कपिल श्रेष्ठ,लेखक खगेन्द्र संग्रौलालगायत अरु समर्थहरु सहभागी हुने भएका छन् । अनसन बसेको बेलो सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गरेकाले सडक आन्दोलन शुरु गर्नुपरेको केसीको भनाइ छ ।

प्रतिक्रियाहरु