तरुण दल र महिला सङ्घको महाधिवेशन गराउन समिति गठन

२०७३ भाद्र ७ गते, मंगलवार

काठमाडौँ, ७ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथाशक्य सहयोग पु-याई आवश्यक निर्देशनसमेत गर्न केन्द्रीय निर्देशन समिति गठन गरेका छन । काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित)को धारा २४ (६) बमोजिम सोमबार पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सांसद सरिता प्रसाई सदस्य रहेको नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
त्यसैगरी सांसद एन.पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहनुभएको नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गर्नुभएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

प्रतिक्रियाहरु