राजनीति

गृहकार्य बिना नयाँ वैदेशिक श्रम गन्तव्य खुला गरिँदै

काठमाडौं, २३ माघ । बिना गृहकार्य वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मुलुक खुला गरिँदा नेपाली कामदारले विदेशमा समस्या भोग्नु परिरहेको छ । कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवा लगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनपरिरहेको छ । सरकारले गन्तव्य मुलुकसँग ‘द्विपक्षीय श्रम […]

२०७३ माघ २३ गते, आईतवार

चुनावको मिति घोषणा गर्न माग

काठमाडौं, २३ माघ । आजको संसद बैठकको शुन्य समयमा धारणा राख्दै सांसदहरुले तत्काल चुनावको मिति घोषणा गर्न माग गरेका छन् । सांसदहरुले नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरण भनेकै चुनाव गराउनु रहेको बताए । आगामी माघ ७ गतेभित्र तीन तहको चुनाव हुन नसके देशमा गम्भीर राजनीतिक र सम्वैधानिक संकट उत्पन्न हुने भन्दै उनीहरुले मिति घोषणा गरी […]

२०७३ माघ २३ गते, आईतवार

संविधान संशोधनपछि निर्वाचनको घोषणा

काठमाडौं, २२ माघ । संविधान संशोधन प्रक्रिया टुंगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने भएको छ । आज काठमाडौंमा गरिएको साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन गरेपछिमात्र निर्वाचनको मिति घोषणा गर्ने तयारी प्रधानमन्त्रीले गरिरहेको बताएका छन । उनले राष्ट्रिय सहमतिबिना गरिने चुनावको कुनै औचित्य नहुने भएकाले प्रधानमन्त्रीले मधेसी मोर्चासहित सबैलाई सहमतिमा ल्याउने प्रयास […]

२०७३ माघ २२ गते, शनिबार

‘सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको छ ‘

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको ठोकुवा गरेका छन् । प्रेस चौतारी नेपाल मोरङले आज विराटनगरमा गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहे पनि आफूहरुले त्यसको प्रतिकार गर्ने बताए । उनले एमालेले जसरी पनि चुनाव गराउने पक्षमा […]

२०७३ माघ २२ गते, शनिबार

सरकार छलकपटमामात्रै केन्द्रित -ओली

काठमाडौं, २१ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमामात्रै केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर–१ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए । समयमै निर्वाचन […]

२०७३ माघ २१ गते, शुक्रबार

हतियार र बन्दोबस्तीका सामानको उत्पादन बढाउन सुझाव

काठमाडौं, २१ माघ । सुरक्षाविज्ञले नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुझाव दिएका छन् । सेनालाई व्यावसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरुयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् । नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र […]

२०७३ माघ २१ गते, शुक्रबार

भारतले दशगजामा निर्माण गरेको पक्की सडक र नाला भत्काउने

काठमाडौं, २० माघ । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् । भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत–नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ […]

२०७३ माघ २० गते, बिहीबार

स्थानीय तहको निर्बाचन घोषणा हुदै

काठमाडौं, २० माघ । आज बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचन घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन घोषणा भए पनि मिति भने स्पष्ट नतोकिने बताइएको छ । सरकारले आगामी जेठ २० गतेसम्ममा चरणबद्ध गरी निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न निर्वाचन आयोगलाई पत्र दिन लागेको हो । निर्वाचन घोषणा गर्न नसकेको […]

२०७३ माघ २० गते, बिहीबार

अखण्ड पार्टीका उपाध्यक्ष एमालेमा प्रवेश

काठमाडौं, १९ माघ । अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी बुधबार नेकपा एमालेमा प्रवेश गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् । भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुन् । नेत्री भण्डारीले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का वर्तमान सरकारमा सहभागी भएपछि आफूले […]

२०७३ माघ १९ गते, बुधबार

कार्यकाल पुरा हुनु दुई महिना अघि नै निर्वाचन

काठमाडौं, १९ माघ । स्थानीय तहमा जनप्रतिनिधिको व्यवस्था गर्न अब निर्वाचित कार्यसमितिको कार्यकाल पूरा हुनु दुई महिनाअगावै निर्वाचन हुने भएको छ । कार्यकाल पूरा हुनु दुई महिनाअगाडि नै निर्वाचन गर्ने गरी कानुनमा व्यवस्था हुन लागेको यो पहिलोपटक हो । निर्वाचन कार्यकाल सकिनुअघि नै भए पनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ । पाँच वर्षे […]

२०७३ माघ १९ गते, बुधबार