‘सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको छ ‘

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको ठोकुवा गरेका छन् । प्रेस चौतारी नेपाल मोरङले आज विराटनगरमा गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहे पनि आफूहरुले त्यसको प्रतिकार गर्ने बताए । उनले एमालेले जसरी पनि चुनाव गराउने पक्षमा रहेकाले सरकारलाई दबाब दिइरहेको बताए ।
चुनाव नगराएर संवैधानिक र राजनीतिक संकट उत्पन्न गराउन सरकार लागिरहेको उनको भनाइ थियो । अध्यक्ष ओलीले चुनावको मिति घोषणा नगरे सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने चेतावनी दिए । कार्यक्रममा पत्रकार शान्ति दाहाललाई १० हजार रुयैयाँ राशीको स्व. कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रियाहरु