बिज्ञान तथा प्रबिधि

फेसबुकको करामत

काठमाडौँ, १५ वैशाख । चितवनमा हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ । नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर पुनर्मिलन गराइएको हो । मानव सेवा आश्रम चितवनले यही वैशाख ४ गते उद्धार गरेकी वृद्धालाई फेसबुकमार्फत परिवार पत्ता लागेपछि पुनर्मिलन गराइएको आश्रमकी अभियन्ता रुपा […]

२०७३ बैशाख १५ गते, बुधबार

भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जडान

काठमाडौ, १४ बैशाख । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले काठमाडौं उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अगाडि सूचना दिने यन्त्र जडान गरेको छ । प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा अग्रीम सूचना दिने प्रणाली जडान गरिएको हो । सो प्रणाली जडान […]

२०७३ बैशाख १४ गते, मंगलवार

घरमै बसेर बाढी आउने सूचना थाहा पाइने

काठमाडौं, १३बैशाख । वर्षायाम लाग्न केही महिना बाँकी छँदा घरमै बसेर बाढी आउने पूर्व सूचना थाहा पाउने भएपछि महोत्तरीका जनतामा खुसी छाएको छ । वर्षायाम सुरु भएपछि खहरे उर्लने र चुरे क्षेत्रको बाढी गाउँमा पसेर घरखेत बगाउने गरेकोमा अहिले अन्तर्राष्ट्रिय एकीकरण पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा समुदायमा आधारित बाढी सूचना प्रणाली जडान गरेपछि खुसी छाएको […]

२०७३ बैशाख १३ गते, सोमबार

दुनियाकै बलियो स्मार्टफोन

काठमाडौं, ११ बैशाख । बेलायतको एक निर्माण कम्पनीले उद्योग क्षेत्रका मजदुरहरुलाई लक्षित गर्दै निकै नै कडा तथा बलियो स्मार्टफोन निर्माण गरेको छ । यो स्मार्टफोन यति बलियो छ की २ मिटर माथिबाट इँटा, ढुंगा वा कंक्रिट लगायतका कडा सतहमा झर्दा पनि यो फुट्दैन, चर्किँदैन । यतिमात्र कहाँ हो र ? चाहे माइनस २० डिग्रीको चिसोमा […]

२०७३ बैशाख ११ गते, शनिबार

सोलु करिडोर प्रसारण लाइन विवादमा

काठमाडौँ, ९ वैशाख । नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको १३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइन आयोजनाको ठेकेदार छनोट प्रक्रियाको बिबाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत हुँदै व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिमा पुगेको छ । आयोगले ठेकेदार छनोट प्रक्रिया गलत भएको भन्दै तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीसमेत कारबाहीको भागिदार बनेको र गत चैत ३ गते सर्वोच्चले […]

२०७३ बैशाख ९ गते, बिहीबार

नेपाल राजपत्र अब वेबसाइटमा पनि

काठमाडौँ, ७ वैशाख । विसं २००८ देखि २०७० सम्म प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिने भएको छ । धधध।नयउ।नयख।लउ बाट आफूलाई जानकारी लिन चाहेको जुनसुकै नेपाल राजपत्रलाई हेर्न सकिन्छ । विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रलाई विभागले अभिलेखीकरण गरिसकेको छ । मुद्रण विभागले आज यहाँ […]

२०७३ बैशाख ७ गते, मंगलवार

नदेखिने रेल गुडाउने तयारीमा जापान

काठमाडौ, ३ बैशाख । नयाँ प्रविधिको विकासमा अग्रणी मानिदैं आएको जापानले एउटा यस्तो रेल बनाउँदैछ, जसलाई मानिसले टाढाबाट राम्ररी देख्न सक्दैन । जापानी इन्जिनियर काजुयो सेजिमाले यस्तो रेल निर्माणको योजना तयार पारेको संचारमाध्यमहरुले जनाएका छन् । हाल निर्माणाधीन रहेको उक्त रेल सन् २०१८ सम्मा गुड्न थाल्ने जनाइएको छ । तीब्र गतिको रेल ‘बुलेट ट्रेन’ बनाएर […]

२०७३ बैशाख ३ गते, शुक्रबार

विद्युतीय खरिद प्रणालीको शुभारम्भ

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एकल ‘पोर्टल’मा आधारित विद्युतीय खरिद प्रणालीको शुभारम्भ गरेका छन । सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना गरेको सो कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुक अब विद्युतीय प्रविधिको उपयोग गर्दै अघि बढ्ने बताए । उनले भने – “आधुनिक प्रविधिलाई उपयोग गर्दै विकास निर्माणको बाटोमा द्रुतगतिले देश अघि बढ्नेछ, अब हामीले […]

२०७३ बैशाख २ गते, बिहीबार

आजदेखि अवैध मोवाइल सेटले काम नगर्ने

काठमाडौं, १ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध रुपमा भित्रिएका मोवाइल सेट नचल्ने जनाएको छ । अवैध रुपमा भित्रने मोवाइल सेटका कारण सरकारले राजस्व गुमाइरहेको तथा आपराधिक क्रियाकलाप पनि बढेको भन्दै प्राधिकरणले यस्ता मोवाइल सेटको प्रयोग रोक्न लागेको हो । प्राधिकरणले राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन सम्बन्धी निर्देशिका जारी गर्दै अवैध मोवाइल सेटको प्रयोगमा […]

२०७३ बैशाख १ गते, बुधबार

सुबिसुले ल्यायो ‘नयाँ वर्षको बहार’ योजना

काठमाडौं, ३० चैत । सुबिसु केवलनेट (प्रा.) लि ले नयाँ वर्ष २०७३ को अवसरमा ‘सुबिसु नयाँ वर्षको बहार’ योजना ल्याएको छ। केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक सो कम्पनीको ‘नयाँ वर्षको बहार’ योजना अन्तर्गत ग्राहकलाई Clear TV Set Top Box, Cable Modem with Inbuilt Wireless Router, Fiber Modem र TV Receiver निःशुल्क प्रदान गर्ने […]

२०७२ चैत्र ३० गते, मंगलवार