दुनियाकै बलियो स्मार्टफोन

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौं, ११ बैशाख । बेलायतको एक निर्माण कम्पनीले उद्योग क्षेत्रका मजदुरहरुलाई लक्षित गर्दै निकै नै कडा तथा बलियो स्मार्टफोन निर्माण गरेको छ । यो स्मार्टफोन यति बलियो छ की २ मिटर माथिबाट इँटा, ढुंगा वा कंक्रिट लगायतका कडा सतहमा झर्दा पनि यो फुट्दैन, चर्किँदैन । यतिमात्र कहाँ हो र ? चाहे माइनस २० डिग्रीको चिसोमा राख्नुस् वा ६० डिग्रीको पोल्ने तातो, यो फोनले सबै ठाउँमा काम गर्दछ र चिसो तातोले कुनै असर नै पार्दैन ।
डिवाल्ट नामक निर्माण कम्पनीले बनाएको स्मार्टफोनको नाम एमडी५०१ हो । यो एन्ड्रोइड स्मार्टफोनको मूल्य ५ सय ४४ डलर तोकिएको छ । टफ फोन अर्थात् कडा फोन नाम दिइएको यो स्मार्टफोन मजदुरहरुमाझ निकै लोकपि्रय बन्दै गएको बताइएको छ । यो स्मार्टफोनलाई पानी तथा धुलोमाटोबाट बचाउनका लागि वाटर प्रुफ तथा डस्ट प्रुफ बनाइएको छ । यो फोनमा अलिक ठूलो आकारको ब्याट्री प्रयोग गरिएको छ । एकपटक चार्ज गरेपछि लगातार ८ घण्टा कुराकानी गर्दासम्म यसको चार्ज टिक्दछ । यसमा इनबिल्ड वायरलेस चार्जर छ । यसको टचस्त्रिmन गोरिल्ला ग्लासबाट बनाइएको छ । हातमा पन्जा लगाएका मजदुरले पनि यो टचस्त्रिmन चलाउन सक्दछन् । -बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार