फेसबुकको करामत

२०७३ बैशाख १५ गते, बुधबार

काठमाडौँ, १५ वैशाख । चितवनमा हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ । नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर पुनर्मिलन गराइएको हो । मानव सेवा आश्रम चितवनले यही वैशाख ४ गते उद्धार गरेकी वृद्धालाई फेसबुकमार्फत परिवार पत्ता लागेपछि पुनर्मिलन गराइएको आश्रमकी अभियन्ता रुपा केसीले जानकारी दिए ।
फेसबुकको माध्यमबाट आफ्नी हजुरआमा आश्रममा रहेको थाहा पाएपछि लिन आएको नाति पुण्य प्रसाद पाण्डेले मङ्गलबार पुनर्मिलनका क्रममा बताए । मानव सेवा आश्रमले उनलाई भेटेपछि फेसबुकमा तस्बिरसहित जानकारी राखेको थियो । सोही जानकारीका आधारमा खोजी गर्दा हजुरआमालाई फेला पारेको पुण्यप्रसादले बताए ।
उनि घरमा कोही नभएको बेला वैशाख १ गते निस्केका थिए । पुण्य प्रसादका अनुसार उनि यसअघि पनि ६ पटक हराइ सकेका छन । विभिन्न ठाउँमा गएर खोजी गरी घर ल्याउने गरिएको पुण्य प्रसादको भनाइ छ । अहिले धेरै ठाउँमा खोजी गर्दा भेटिएको थिएन । बारा जितपुर घर हो भन्दै भरतपुर अस्पतालअगाडि उहाँ गम्भीर घाइते अवस्थामा रहेका बेला नारायणगढ पुल्चोक निवासी अस्मिता गुरुङले फेला पारेपछि वैशाख ४ गते नै आश्रममा ल्याइएको थियो । इन्द्रकलाको निधार तथा दाहिने आँखावरपर गहिरो घाउ लागेको अवस्थामा उद्धार गरिएको अभियन्ता सिर्जना ओलीले बताउनुभयो । उपचार पछि सबै घाउ ठीक भएको उनको भनाइ छ ।
यसअघि गएको मङ्सिरमा पनि उनलाई आदर्श गृहले उद्धार गरी परिवारको जिम्मा लगाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार