बाढीपहिरोबारे मोबाइल सन्देश !

२०७३ असार १६ गते, बिहीबार

काठमाडौ, १६ असार । जल तथा मौसम विज्ञान विभागले अबदेखि नदीमा आउने सम्भावित बाढी र पहिरोको सूचना मोबाइलमै पठाउने भएको छ । पूर्वको कन्काईदेखि पश्चिमको महाकालीसम्मका नदीमा बाढी आउनुअघि विभागले नेपाल टेलिकम र एनसेल मोबाइल प्रयोगकर्तालाई सन्देश पठाउन लागेको हो । विभागका महानिर्देशक डा. ऋषिराम शर्माले यो मनसुनमा अत्याधिक वर्षा हुन सक्ने र धेरै स्थानमा बाढीको खतरा भएकाले सम्भावित क्षति न्यून गर्न मोबाइल सन्देश सुरु गर्न लागिएको बताए । बाढीबाट हुने सम्भावित दुर्घटनाबाट बच्न र क्षति न्यून गर्न मोबाइल सन्देश प्रभावकारी हुने विभागको अपेक्षा छ । मोबाइल सन्देश सेवाको औपचारिक सुरुवात असार २० गतेबाट गरिनेछ । यो सेवा २४ सै घण्टा हुनेछ। त्यसका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको शर्माले बताए। – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु