प्रवास

नेपालमा भारतीयप्रति सम्मान, सद्भाव र स्नेह नरहेको ठम्याई

काठमाडौं, ८ जेठ । मधेस आन्दोलनका क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको घाउ अझै पुरिएको छैन । यो तथ्य एक भारतीय पत्रकारले हालै नेपाल भ्रमणका क्रममा गरेको अनुभूतिबाट उजागर भएको हो । नेपाल भ्रमणमा आएका ती भारतीय पत्रकारले आफ्नो लेखमा भारत र भारतीयप्रति नेपालमा अब पहिलाजस्तो सम्मान, सद्भाव र स्नेह नरहेको अनुभव उजागर गरेका हुन् […]

२०७४ जेष्ठ ८ गते, सोमबार

आस्थाका वन्दिहरुलाई विनासर्त रिहा गर्न माग

काठमाडौं, ३१ वैशाख । युरोप स्थित नेपाली जनप्रगतिशील मोर्चाले आस्थाका वन्दिहरुलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । यस बिषयमा युरोप स्थित नेपाली जनप्रगतिशील मोर्चाले जारी गरेको संयुक्त विज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो संगठनले विगत लामो समयदेखि नेपालमा दलाल पुंजीवादी संसदिय व्यवस्था रहेसम्म नेपाली जनताले मुक्ति पाउन संंभव छैन भन्ने कुरालाई जोडदार […]

२०७४ बैशाख ३१ गते, आईतवार

मलेसियन कम्पनी र नेपाली युवाहरूको हविगत – पूर्णसिंह बम ‘अनुराग’

गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा दुई दाजु नन्दसिंह बम र नारायणसिंह बम अनि दिज्यू रत्नपुरा बम र जूनपुरा बम छन् । जब म कक्षा […]

२०७४ बैशाख १६ गते, शनिबार

अभिनेता बिनोद खन्नाको निधन

काठमाडौं , १४ बैशाख । ब्लड क्यान्सरका कारणका अभिनेता बिनोद खन्नाको निधन भएको छ । ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुन् । उनले १४० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका […]

२०७४ बैशाख १४ गते, बिहीबार

‘नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४’ सम्पन्न

काठमाडौं, ४ वैशाख । नेपाली नयाँ बर्ष २०७४ सालको अबसर पारेर काभ्रे सेवा समाजको पहिलो सास्क्रतीक प्रस्तुति स्वरुप आयोजना गरिएको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ ” भब्यताका साथ सम्पन्न भएको छ। अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ काभ्रे सेवा समाज युएई द्वारा आयोजित नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ अप्रिल १४ का दिन देरा स्थित […]

२०७४ बैशाख ४ गते, सोमबार

निर्वाचनका क्रममा भड्किएको हिंसामा परी आठ जनाको मृत्यु

काठमाडौं, २८ चैत । भारत प्रशासित कश्मिरमा आइतबार सम्पन उप निर्वाचनका क्रममा भड्किएको हिंसामा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । श्रीनगर लोकसभाका लागि भएको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा हिंसात्मक प्रदर्शन र झडप भएको थियो । उप निर्वाचनमा केबल ६ दशमलब ५ प्रतिशत मात्र मत खसेको अधिकारीहरुले जनाएका छन् । पृथकतावादी नेताहरुले निर्वाचन […]

२०७३ चैत्र २८ गते, सोमबार

हिन्दु केटीसँग प्रेम गर्दा मुस्लिम युवकको हत्या

काठमाडौं, २६ चैत । हिन्दु केटीसँग प्रेम गरेको भन्दै भारत झारखण्डको गुम्ला जिल्लामा एक युवकको निर्मम हत्या गरिएको छ । आफ्नो केटी साथीलाई स्कुटरमा घरसम्म छोड्न गएका २० वर्षका मोहम्मद शलिकलाई स्थानीय केही मानिसले पोलमा बाँधेर पिटेका थिए । बुधबार केटी साथीकै अगाडी उनीहरुले मोहम्मदलाई पेटी र लठ्ठीले लगातार पिटेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले […]

२०७३ चैत्र २६ गते, शनिबार

आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

काठमाडौँ, २४ चैत । पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन सुरु भएको छ । दुईदिनसम्म चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले उद्घाटन गरे । सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदार वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी प्राप्त सुझाव र निष्कर्ष सरकारलाई बुझाउने आयोजकले बताएका छन् । […]

२०७३ चैत्र २४ गते, बिहीबार

कुवेतको सपना देखाएर साउदीमा बिक्री

काठमाडौं, २१ चैत । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पु¥याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ । नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पुर्‍याउने गरेका छन् । साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने […]

२०७३ चैत्र २१ गते, सोमबार

देह व्यापारको आरोपमा नेपाली युवती पक्राउ

काठमाडौं, १५ चैत्र । भारतको राजस्थानमा एक नेपाली युवती देह व्यापारको आरोपमा पक्राउ परेकी छन् । प्रहरीले छापा मार्दा उनलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाइएको छ । भारतीय संचारमाध्यमका अनुसार नेपालको अर्घाखाँची जिल्ला घर भएकी ती युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको हो । ती युवतीले एक घण्टाका लागि दुईदेखि तीन हजार […]

२०७३ चैत्र १५ गते, मंगलवार