प्रवास

देह व्यापारको आरोपमा नेपाली युवती पक्राउ

काठमाडौं, १५ चैत्र । भारतको राजस्थानमा एक नेपाली युवती देह व्यापारको आरोपमा पक्राउ परेकी छन् । प्रहरीले छापा मार्दा उनलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाइएको छ । भारतीय संचारमाध्यमका अनुसार नेपालको अर्घाखाँची जिल्ला घर भएकी ती युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको हो । ती युवतीले एक घण्टाका लागि दुईदेखि तीन हजार […]

२०७३ चैत्र १५ गते, मंगलवार

जनप्रगतिशील मोर्चा युरोपद्वारा कंचनपुर घटनाको भर्त्सना

काठमाडौं, ४ चैत । नेकपा निकट जनप्रगतिशील मोर्चा युरोपको बैठक सम्पन्न भएको छ । बैठकले कंचनपुर घटनाको तीव्र रुपमा भर्त्सना गर्दै नेपालमा दलाल पूँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका निम्ती नेपाली जनताले गर्ने हरेक आन्दोलनमा पूर्ण एक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ । मोर्चाले राजनीतिक, वैचारिक र विविध विषयमा विशेष अन्तरकृया र छलफलसहित […]

२०७३ चैत्र ४ गते, शुक्रबार

साउदी जेलमा यातना भोग्दै इलामे युवा

काठमाडौं, ३ चैत्र । इलामको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् ।आफू निर्दोष रहेको भन्दै जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिए । कम्पनीले […]

२०७३ चैत्र ३ गते, बिहीबार

हिमपहिरोमा परी दुई नेपालीको मृत्यु

काठमाडौं, १ चैत । भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी, पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी […]

२०७३ चैत्र १ गते, मंगलवार

पाँच राज्यमा भाजपालाई सफलता

काठमाडौं, २९ फागुन । भारतका पाँच राज्यमा विधानसभाका लागि भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले उल्लेख्य सफलता हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाव, मणिपुर र गोवामा भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले सफलता हासिल गरेको हो । उत्तर प्रदेशको ४ सय ३ विधानसभा सदस्यमध्ये बीजेपीले ३ सय २५ सिट जितेको […]

२०७३ फाल्गुन २९ गते, आईतवार

एमएनयुका केन्द्रीय संयोजकद्वारा राजीनामा

काठमाडौँ, २८ फागुन । माइग्रेन्ट नेपाली युनियन (एमएनयु)का केन्द्रीय संयोजक मिलनकान्छा किरातीले आफ्नो पदबाट राजीनामा दिएकाछन । एमएनयु सङ्गठन स्वतन्त्र रहने विधानमा उल्लेख भएवमोजिम बिबिसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रले भर्खरै खोलेका साझा पार्टीमा आफु आवद्ध हुन लागेको कारण नैतिकताको आधारमा राजीनामा दिएको उनले बत्ताए । दक्षिण कोरियाको राजधानी सौलस्थित गत दिसम्बर २०१६ मा भएको […]

२०७३ फाल्गुन २८ गते, शनिबार

मलेशिया गएका दिल बहादुर ७ वर्षदेखि सम्पर्क बिहिन

काठमाडौं, २७ फागुन । २०६५ सालमा रोजगारीका लागि मलेशिया पुगेका दिल बहादुर घर्ती सम्पर्क बिहिन रहेका छन । रोल्पा गजुल ७ क्वालिगाउ , काप्राबाङ्ग बस्ने पुस्ते घर्तिका जेठा छोरा दिल बहादुर घर्ती २०६५ सालमा काठमाडौको एक मेनपावरबाट मलेसियामाको जोहोर बारु भन्ने ठाउँमा पुगेको एक वर्ष सम्म परिवारको नियमित सम्पर्कमा रहेका थिए । अहिले ३७ वर्षका […]

२०७३ फाल्गुन २७ गते, शुक्रबार

भारत विश्वकै सर्वाधिक मुस्लिम जनसंख्या भएको मुलुक बन्दै

काठमाडौं, २० फागुन । सन् २०५० सम्ममा भारत विश्वकै सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको मुलुक बन्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा आधारित प्यु रिसर्च सेन्टरको एक अध्ययन प्रतिवेदनअनुसार यही रफ्तारमा अघि बढ्ने हो भने विश्वमा सन् २०१० देखि २०५० को अवधिबीच मुस्लिमको जनसंख्या ७३ प्रतिशत बढ्ने छ । हाल सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको […]

२०७३ फाल्गुन २० गते, शुक्रबार

अमेरिकामा नेपाली विषयको पढाइ शुरु

काठमाडौं, १६ फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए । […]

२०७३ फाल्गुन १६ गते, सोमबार

कागजविहीन आप्रवासी धपाइने

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति मंगलबार जारी सार्बजनिक भएको छ । नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पछिल्ला केही दशक यताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा करिब एक करोड २० लाख बढी आप्रबासी अवैधानिक रुपमा बसोबास […]

२०७३ फाल्गुन १२ गते, बिहीबार