अभिनेता बिनोद खन्नाको निधन

२०७४ बैशाख १४ गते, बिहीबार

काठमाडौं , १४ बैशाख । ब्लड क्यान्सरका कारणका अभिनेता बिनोद खन्नाको निधन भएको छ । ७० बर्षीय खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९४६ मा तत्कालीन भारतको पेशावरमा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुन् । उनले १४० भन्दा बढी भारतीय चलचित्रका अभिनय गरेका छन् ।
सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत उनले बलिउडमा डेब्यु गरेका थिए । त्यस फिल्ममा उनी भिलेनको रोलमा थिए । त्यसयता उनले एक से एक अहिट फिल्म दिए । सन् १९९८ देखि राजनीतिमा पाइला राखेका बिनोद खन्ना पञ्जावको गुरदासपुरबाट चार पटक भारतीय जनता पार्टीका लागि सांसद निर्वाचित भएका थिए । सन् २००३ मा प्रधानमन्त्री अलट बिहारी बाजपेयीको क्याविनेटमा उनी बिदेश राज्यमन्त्री बनेका थिए ।

प्रतिक्रियाहरु