सगरमाथा जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

२०७९ माघ ५ गते, बिहीबार


काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आज माघ ५ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ११ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा इलाम जिल्ला वासिन्दाले आवेदन दिन सक्ने छन् । त्यस्तै ४ लाख ३६ हजार ८ सय कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको छ ।
स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा माघ १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने छ ।श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा माघ १९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु