ठगी धन्दा गर्ने जब सेन्टर अखिल क्रान्तिकारीको फन्दामा

२०७९ पुष ९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले , चाबहिल चुच्चेपाटीस्थित जब सेन्टरहरुलाई कारबाही गरेको छ । शुक्रबार चाबहिल चुच्चेपाटीमा रहेको वेलकम इन्टरनेशनल र यसको शाखा बताउने लोटस इन्टरनेसनले गाउँबाट पढ्नको लागि काठमाडौं पसेका विद्यार्थीको बाध्यात्मक परिस्थतिको फाइदा उठाउँदै मासिक १५ हजार तलब दिने भन्दै श्रम शोषण गर्दै आएको जानकारी पाए पछि उक्त कम्पनीहरुलाई कारबाही गरेको हो । पहिलो दिन पुस ७ गते विद्यार्थीले काम गरेको दिनको तलब र सक्कल डकुमेन्ट दिन आग्रह गर्दा विद्यार्थीलाई डर त्रास धम्काउने गरेको हुँदा विद्यार्थीले गुनासो गरे पश्चात अखिल (क्रान्तिकारी) का क्याम्पस जिल्ला संयोजक सुवास महतको पहलमा अखिल (क्रान्तिकारी)ले आज विरोध प्रदर्शन गर्दै उक्त कम्पनीको मेनेजर बताउने सञ्जय रोक्का , व्यवस्थापक बताउने मञ्जु पाण्डे लाई गौशाला प्रहरीले तत्काल प्रदर्शन हुँदै गर्दा पक्राउ गरेको थियाे। पक्राऊ पछि विद्यार्थीको रकम र सक्कली डकुमेन्ट दिने सहमतिमा रिहाइ गरेको छ। उक्त कम्पनीमा कार्यरत : सञ्जय लामा, करेश्मा पोखरेल , स्वीकृत लगायत व्यक्तिहरूले विद्यार्थी/सर्वसाधारण लाई एउटा काम भन्ने तर अर्को काम गर्न लगाउने गरेका थिए। साथै जव सेन्टरले लिएको सक्कल डकुमेन्ट समेत जफत गरी विद्यार्थीलाई वितरण गरेको छ। उक्त अवैध जव सेन्टरले आफ्नो मनोमानी हिसाबले बनाएको हाजिर समेत खारेज गर्दै वास्तविक विद्यार्थीले काम गरेको दिनको एकएक हाजिर गराई सबैको रकम समेत फिर्ता गरेको छ।
चाबहिल चुच्चेपाटी स्थित रहेको उक्त अवैध कम्पनी वेलकम इन्टरनेशनल र आफ्नो शाखा बताउने लोटस इन्टरनेशनल समेतलाई कारबाही गरेको छ। दर्ता कम्पनी वेलकम इन्टरनेशनल तर शाखा कसरी लोटस भयो अनुसन्धानको विषय रहेको छ। अखिल क्रान्तिकारी बताउँछन् ।
अखिल (क्रान्तिकारी)का केंद्रीय सचिवालय सदस्य तथा काठमाडौं विशेष इञ्चार्ज अटल शर्मा ले आगामी दिनमा विद्यार्थीलाई ठगी गर्ने यस्ता अवैध कम्पनी र व्यक्तिलाई चरणबद्ध कारबाही गर्ने साथै ठगिएका बिद्यार्थी र सर्वसाधारण लाई अखिल (क्रान्तिकारी) काे सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।उनले यसरी विद्यार्थी ठगी गर्ने नक्कली संस्थाहरू काठमाडौ लगायत सहरमा थुप्रै रहेको जानकारी समेत दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु