पेट्रोलियम पदार्थको मूल्य घट्यो !

२०७९ पुष २ गते, शनिबार


काठमाण्डौं । नेपाल आयल निगमले निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ रूपैयाँ र डिजेलरमट्टितेलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटरको १८१ रूपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १७८ रूपैयाँ थियो । हवाई इन्धन र एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । भारतीय आयल कर्पोरेशन ९आइओसी० ले इन्धनको मूल्य घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । आइओसीले शुक्रबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको थियो ।
यसअघि मंसीर १६ मा पनि आइओसीले डिजेल प्रतिटिलर ११ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रूपैयाँ मूल्य घटाएर पठाएको थियो तर नेपाल आयल निगमले कुनै पनि इन्धनको मूल्य घटाएको थिएन ।

प्रतिक्रियाहरु