बुटवल पावर कम्पनीले हकप्रद शेयर जारी गर्ने

२०७० माघ २९ गते, बुधबार


काठमाडौं ,२९ माघ, । बुटवल पावर कम्पनीले ६७ लाख ६८ हजार ४ सय ६२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्ना शेयर धनीहरुलाई तीन साधारण शेयर बराबर एक हकप्रद वितरण गर्न लागेको हो ।हकप्रद शेयरका लागी फागुन १९ गतेदेखि २३ गतेसम्म आवेदन दिन पाइने बताइएको छ । माघ २१ गतेसम्म कम्पनीको शेयरमा स्वामित्व भएका शेयर धनीहरुले हकप्रदका लागी आवेदन दिन सक्नेछन् । कम्पनीले सय रुपैयाँ अंकित दरको ६७ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद निस्काशन गर्न लागेको हो ।कम्पनीको शेयर निष्काशन तथा बिक्रीको जिम्मा एनएमबि क्यापिटल लिमिटेडले जिम्मा पाएको छ । एनएमबि बैंकका देशभर भएका शाखा र विभिन्न संकलन केन्द्रबाट कम्पनीको शेयरका लागी आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ५२ लाख ६९ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६९ करोड २१ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।कम्पनीले प्यूठान जिल्लाको दारिमचौरमा १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत, स्याङ्जाको गल्याङमा ५.१ मेगावाट क्षमताको आँधिखोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ । साथै, कम्पनीले ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना, ३७.६ मेगावाटको कावेली जलविद्युत र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।कम्पनीको सञ्चालक समिति अध्यक्षमा पद्म ज्योति, सञ्चालकहरुमा नबिनराज सिंह, रत्न संसार श्रेष्ठ, प्रदीप कुमार श्रेष्ठ, विजय बहादुर श्रेष्ठ, चण्डी प्रसाद श्रेष्ठ, राजिव राजभण्डारी, ओमप्रकाश श्रेष्ठ र संजिव राजभण्डारी रहेका छन् ।

प्रतिक्रियाहरु