डोरबहादुर बने विश्वकै होचा किशोर !

२०७९ जेष्ठ ११ गते, बुधबार


काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान पाएका छन । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीको संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखिएको छ ।उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु