फेवा किनारका पाँच रेष्टुरेण्ट जलेर नष्ट !

२०७८ मंसिर ६ गते, सोमबार

काठमाडौँ । पोखराको फेवाताल किनारका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’
आगो करिब ३ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको छैन । सोमबार बिहान ३ बजेदेखि आगो सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु