‘पेन्सन’ अब आफ्नै बैंक खातामा

२०७० पुष २९ गते, सोमबार

काठमाडौं,। सरकारले कर्मचारीको निवृत्तीभरण (पेन्सन) रकम बैंक खातामार्फत् सोझै भुक्तानी गर्न सुरू गरेको छ । मुख्य सचिव लीलामणि पौडेलले आइतबार पेन्सन सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने प्रणाली शुभारम्भ गरे ।सो अवसरमा पौडेलले अवकाशप्राप्त केही कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको चेकबुक हस्तान्तरणसमेत गरेका थिए । सरकारले बैंक खातामार्फत् पेन्सन वितरण गर्ने भनी यही पुस ९ गते निर्देशिका जारी गरेको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले निर्देशिकाअनुसार करिब एक लाख ८५ हजार अवकाशप्राप्त कर्मचारीको बैंक खाता खोलिने जानकारी दिए । यी खातामा अन्य रकम राख्न नमिल्ने तर बचत सरहको ब्याज पाइने व्यवस्था छ ।
यो व्यवस्थापछि प्रत्येक महिनाको पहिलो हप्ताभित्रै पेन्सन रकम खातामा जम्मा हुने, चेक बुक र एटीएम कार्ड लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । खाता भने नेपाल बैंक वा राष्ट्रिय वाणिज्य बैंकमा खोल्नुपर्ने प्रावधान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु