कर्मचारी सञ्चय कोषले जग्गा किन्न ऋण दिने

२०७८ आश्विन ६ गते, बुधबार


काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा किन्न ऋण दिने भएको छ । कोषले यसअघि सञ्चयकर्तालाई घर बनाउन मात्र ऋण दिने गरेकोमा अब जग्गा किन्नलाई पनि ऋण दिने भएको हो । जग्गा खरिदका लागि ऋण दिन कोषले सञ्चयकर्ता घर सापटी कार्यविधिमा परिमार्जन गर्न लागेको छ । कोष सञ्चालक समितिले सहमति दिएकाले कार्यविधि बनाउन लागिएको कोषका कामु सहप्रशासक जितेन्द्र धितालले बताए । कतिपय सञ्चयकर्ताले जग्गा नै किन्न नसकेपछि नयाँ व्यवस्था गरेको उनले बताए । यसका लागि कार्यविधि बनाएर सञ्चालक समितिमा पेश गरिने भएको छ । हाल कोषले घरको जगको काम पूरा गरेपछि मात्र सञ्चयकर्तालाई ऋण दिने गरेको छ । कोषले सञ्चयकर्तालाई १ करोड रुपैयाँसम्म साढे ७ प्रतिशत व्याजमा घर बनाउनका लागि ऋण दिँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु